काठमाडौं- काठमाडौंको बबरमहलमा आइतबार बिहान कार दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।
पौने ३ बजे बा२च ८५३३ नम्बरको कार आफै अनियन्त्रित भएर सडकमा पल्टिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते हुनेमा कार चालक भक्तपुर कमलबिनायकका २५ वर्षीय विकास बुढाथोकी, कारमा सवार सोही ठाउँका २७ वर्षीय जिनी चौरसीया र रामेछाप घर भई हाल कमलबिनायक बस्ने २१ वर्षीय जीवन गिरी रहेका छन्।
घाइते तीनै जनाको सिभिल अस्पताल बानेश्वरमा उपचार भइरहेको छ। घाइते मध्ये गिरीको अवस्था गम्भीर रहेको छ।