बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्री ओलीलाई जनकपुरमा ‘मिथिला भोजन'ले स्वागत गरिने

प्रधानमन्त्री ओलीलाई जनकपुरमा ‘मिथिला भोजन'ले स्वागत गरिने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनकपुरमा मिथिला भोजनले स्वागत गर्ने तयारी गरिएको छ। प्रदेश २ को प्रदेशसभामा सम्बोधन गर्न शनिबार जनकपुर पुग्ने प्रधानमन्त्री ओलीलाई प्रदेशसभा सचिवालयले मिथिला भोजनका साथ स्वागत गर्ने तयारी गरेको हो।

प्रदेशसभामा प्रधानमन्त्रीले सम्बोधन गरिसकेपछि प्रदेशसभा परिसरभित्रै मिथिला भोजनले स्वागत गर्ने तयारी रहेको सभामुख सरोज यादवले जानकारी दिए।

प्रधानमन्त्री प्रदेशसभामा आएर सम्बोधन गर्नु आफूहरूका लागि सौभाग्यको विषय रहेको बताउँदै सभामुख यादवले उनको स्वागतमा कुनै कसर बाँकी नराखिने उल्लेख गरे।

‘प्रधानमन्त्रीज्यू शनिबार आउँदै हुनुहुन्छ। प्रदेशसभामै उनले सम्बोधन गर्नु गर्वको विषय हो। सम्बोधनपछि १ बजे उहाँका लागि मिथिला खानाका व्यवस्था गरेका छौं। प्रधानमन्त्रीज्यू खाना यहीं खानु हुन्छ,’ सभामुख यादवले भने, ‘जनकपुर मिथिला भूमि भएकाले खाना पनि मिथिला परम्पराअनुसार नै पस्किन्छौं।’

बिहान ११ बजे जनकपुर विमानस्थलमा अवतरण गरिसकेपछि प्रधानमन्त्रीको सोझै प्रदेशसभा भवन पुगेर सम्बोधन गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए।

प्रधानमन्त्रीको सम्बोधनपछि केहीबेर सदन स्थगित हुने र खाना खाइसकेपछि पुनः बैठक बसेर धन्यवाद दिने कार्यक्रम रहेको सभामुख यादवले बताएका छन्। प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधनको क्रममा प्रदेश २ को विकासका लागि कार्यक्रम घोषणा गर्नेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो।

प्रधानमन्त्रीको कार्यक्रम तालिका

सवा १० बजे काठमाडौंबाट प्रधानमन्त्रीको हेलिकोप्टर उड्ने र ११ बजे जनकपुर विमानस्थलमा अवतरण गर्ने बताइएको छ। 

प्रधानमन्त्री ओलीसँगै नेकपाका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड आए पनि उनी शहीद रामवृक्ष यादवको स्मृतिसभामा सहभागी हुन धनुषाको बरमझिया पुग्नेछन्। प्रधानमन्त्री ओली भने प्रदेशसभाको कार्यक्रम सकेर मात्रै स्मृतिसभामा सहभागी हुने जनाइएको छ।

प्रदेशसभामा सम्बोधन हुने भएपछि प्रधानमन्त्री ओलीसँगै उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, आपूर्ति मन्त्री मातृका यादवसहित प्रदेश २ बाट प्रतिनिधित्व गर्ने संघीय सांसदहरू पुग्ने कार्यक्रम छ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।