मंगलबार, जेठ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उपचार खर्च नहुँदा द्वन्द्वकालका घाइते पूर्वजनमुक्ति सेनाका कमाण्डर सेवकको निधन

उपचार खर्च नहुँदा द्वन्द्वकालका घाइते पूर्वजनमुक्ति सेनाका कमाण्डर सेवकको निधन

द्वन्द्वकालमा घाइते भएका पूर्वजनमुक्ति सेनाका कमाण्डर नमराज न्यौपानेको निधन भएको छ। द्वन्द्वकालमा तत्कालीन सत्तापक्षसँगको लडाइँका क्रममा घाइते भएका कालिकोटको तिलागुफा ५ का नमराज न्यौपाने सेवकको काठमाडौंका सडक पेटीमै निधन भएको हो।
 |  शनिबार, असार १८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार १८, २०७९

काठमाडौं- द्वन्द्वकालमा घाइते भएका पूर्वजनमुक्ति सेनाका कमाण्डर नमराज न्यौपानेको निधन भएको छ। द्वन्द्वकालमा तत्कालीन सत्तापक्षसँगको लडाइँका क्रममा घाइते भएका कालिकोटको तिलागुफा ५ का नमराज न्यौपाने सेवकको काठमाडौंका सडक पेटीमै निधन भएको हो।

National life

उपचार खर्चका लागि कुनै पक्षबाट पनि वास्ता नभएपछि परिवारकै पहलमा उनलाई काठमाडौं ल्याइएको थियो। तर खर्चको जोहो गर्न नसक्दा सडक पेटीमा नै ज्यान गुमानउनु परेको परिवारले जनाएको छ।

उपचारका लागि श्रीमतीसहित भैंसेपाटीमा बस्दै आएका सेवकको शरीरमा गोली र छर्रा रहेको थियो। लामो समयसम्म उपचार गराउँदा समेत उनलाई सन्चो हुन सकेको थिएन। 

सरकार पक्ष र उनी संलग्‍न रहेको माओवादी पार्टीबाट समेत उपचारमा सहयोग नपाइएको उनको परिवारको गुनासो छ। 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्ना पुत्र प्रकाश दाहालको सालिक अनावरण गरेको केही घण्टामा नै पूर्व लडाकुले उपचार नपाउँदा ज्यान गुमाउनु परेको भन्दै अहिले सामाजिक सञ्जालमा आलोचना भइरहेको छ।

सेवक तत्कालीन जनमुक्ति सेनाको सदस्य हुँदै सेक्सन कमाण्ड समेत भएका थिए। उनले पश्चिम नेपालमा तत्कालीन नेपाल प्रहरी र शाही नेपाली सेनासँग भएका धेरै युद्ध लडेका थिए। उनी तीनै युद्धमा सोही क्रममा घाइते भएका थिए। अनमिनको प्रमाणीकरणको क्रममा अयोग्य भनेर उनलाई शिविरबाट बिदाई गरिएको थियो।


प्रकाशित: Jul 02, 2022| 22:20 शनिबार, असार १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।