बिहीबार, फागुन २१, २०८२

सुडानमा सरकार विरोधी आन्दोलन थप चर्किदै

सुडानमा सैनिक जनरलहरूले गत अक्टोबरमा राज्य विद्रोह गरी चलाएको सत्ताको विरोधमा दैनिक हजारौँको सहभागिता हुन थालेको छ।
 |  शनिबार, असार १८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार १८, २०७९

सुडान- सुडानमा सैनिक जनरलहरूले गत अक्टोबरमा राज्य विद्रोह गरी चलाएको सत्ताको विरोधमा दैनिक हजारौँको सहभागिता हुन थालेको छ। 

सरकार विरोधी आन्दोलन थप चर्किंदै जाँदा भएका प्रदर्शनका क्रममा शुक्रबार नौ जनाको मृत्यु भएको भन्दै शनिबार निकालिएको जुलुसमा हजारौं सहभागी बनेका छन्। 

राजधानी केन्द्रित प्रदर्शनका क्रममा हजारौं सर्वसाधारणले सरकारी अधिकारीहरूको दमनको विरोध गरेका हुन्। संयुक्त राज्य अमेरिका र अन्तर्राष्ट्रिय समुदायका विभिन्न मुलुकले शान्तिपूर्ण विरोधमा सेनाबाट बल प्रयोग गरेको भनी घटनाप्रति चासो व्यक्त गर्दै घटनाको कडा शब्दमा निन्दा गरेका छन्।

अक्टोबरदेखि अहिलेसम्म भएका प्रदर्शनका क्रममा १८ बालबालिकासहित ११३ जनाको मृत्यु भइसकेको छ। सरकारी अधिकारीहरुको दमनसँगै इन्टरनेटलगायतका सञ्चार सेवाहरु पनि विच्छेद गरेका छन्। 

आन्दोलनरत सर्वसाधारणको जमघट कम गर्न सरकारी अधिकारीहरुको निर्देशनमा इन्टरनेट सेवा अवरुद्ध पारेको सेवा प्रदायकहरुले जनाएका छन्। सुडानस्थित विभिन्न दूतावास तथा मानवअधिकारवादी संघसंस्थाहरुले भने सरकारी दमनको विरोध गर्दै लोकतन्त्रमा विरोधीहरुको मतको सम्मान गर्न आग्रह गरेका छन्। 

kumari

प्रकाशित: Jul 02, 2022| 23:45 शनिबार, असार १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।