मंगलबार, जेठ ५, २०८३

जिल्ला अस्पताल स्थापनाकालदेखि कर्मचारीको अभाव

जिल्ला अस्पताल कालिकोटमा स्थापनाकालदेखि कर्मचारीको अभाव रहँदै आएको छ। विसं २०६१ मा स्थापना भएको जिल्ला अस्पतालमा कर्मचारीको अभाव रहँदै आएको छ।
 |  शनिबार, असार १८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार १८, २०७९

कालिकोट- जिल्ला अस्पताल कालिकोटमा स्थापनाकालदेखि कर्मचारीको अभाव रहँदै आएको छ। विसं २०६१ मा स्थापना भएको जिल्ला अस्पतालमा कर्मचारीको अभाव रहँदै आएको छ।

National life

जिल्ला अस्पतालमा १०औँ तहको मेडिकल सुपरिटेण्डेन्टको दरबन्दी रहेकामा विसं २०६१ देखि निमित्त रहँदै आएको, दरबन्दीअनुसार कार्यालय प्रमुख र कर्मचारी हालसम्म नपाएको सूचना अधिकारी कटकबहादुर महतले बताए। 

'प्रमुख नहुँदा अस्पतालबाट प्रवाह हुने विशेषज्ञ सेवा प्रभावित हुँदै आएका छन्,' उनले भने, 'विसं २०६१ देखि सेवा सुरु गरेको जिल्ला अस्पतालमा अहिले आठौँ तहका मात्रै कार्यालय प्रमुख बन्नुभएको छ।'

अस्पतालले पटक–पटक मन्त्रालय र मातहतका कार्यालयलाई जनशक्ति पठाउन अनुरोध गरे पनि त्यसको कुनै सुनुवाइ नभएको सूचना अधिकारी महतको भनाइ छ। 

आठ चिकित्सको दरबन्दी रहेको जिल्ला अस्पतालमा सात करार चिकित्सक रहेको सूचना अधिकारी महतले जानकारी दिए। 'जिल्ला अस्पतालमा प्राविधिकतर्फ छ मेडिकल अफिसर, एक एमडिजीपी र एक डेन्टल सर्जनमात्रै कार्यरत हुनुहुन्छ,' उनले भने, 'अस्पतालमा ल्याब टेक्निसियन, रेडियोग्राफर, भेन्टिलेटरमा काम गर्ने दक्ष जनशक्तिको अभाव हुँदा भएका उपकरणसमेत सञ्चालनमा आएका छैनन्।'

जिल्ला अस्पतालमा ४४ जना कर्मचारीको दरबन्दी रहेकामा १८ जनामात्रै स्थायी कर्मचारी रहेको सूचना अधिकारी महतले बताए। 'दरबन्दीअनुसार अहिले पनि चार विशेषज्ञ चिकित्सकको अभावमा तोकिएका सेवा प्रवाह गर्न समस्या भइरहेको छ,' उनले भने, 'पटक–पटक कर्मचारी पठाउन अनुरोध गरे पनि मन्त्रालयले कर्मचारी पाएका छैन।'

प्रकाशित: Jul 02, 2022| 21:40 शनिबार, असार १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।