मंगलबार, जेठ ५, २०८३

चिठ्ठा परेको भन्दै सर्वसाधारणलाई ठगी गर्ने पक्राउ

चिठ्ठा परेको भन्दै सर्वसाधारणसँग नगद रकम ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ। एनसेल लक्की ड्रमार्फत चिठ्ठा परेको भन्दै ठगी गर्ने पर्सा पटेर्वा सुगौली गाउँपालिका–१ बस्ने करिब ६५ वर्षका गणेश सहनी भनिने गणेश चौधरीलाई पर्सा प्रहरीले पक्राउ गरेको हो।
 |  शनिबार, असार १८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार १८, २०७९

पर्सा- चिठ्ठा परेको भन्दै सर्वसाधारणसँग नगद रकम ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ। एनसेल लक्की ड्रमार्फत चिठ्ठा परेको भन्दै ठगी गर्ने पर्सा पटेर्वा सुगौली गाउँपालिका–१ बस्ने करिब ६५ वर्षका गणेश सहनी भनिने गणेश चौधरीलाई पर्सा प्रहरीले पक्राउ गरेको हो।

National life

इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी टोलीले आरोपित चौधरीलाई उनकै घरबाट पक्राउ गरी जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले बताए।

चौधरीले बाग्लुङको पाण्डवखानी स्थायी घर भई हाल कास्कीको पोखरा उपमहानगरपालिका–१६ मा बस्दै आउनुभएकी २५ वर्षीया रीता श्रेष्ठलाई ठगी गरेको आरोप छ। 

सङ्गठित अपराधमा संलग्नसमेत रहेका चौधरीले ठगी गरेपछि पीडित श्रेष्ठको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी बनाई सम्मानित अदालत वीरगञ्जको मिति २०७३ असार २९ गते तथा उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जको २०७५ जेठ ८ गतेको फैसलाले चौधरीलाई एक वर्ष कैद रु पाँच हजार सजाए तोकिएको थियो। उक्त फैसलालाई कार्यान्यनका लागि चौधरीलाई पक्राउ गरी जिल्ला अदालमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: Jul 02, 2022| 23:15 शनिबार, असार १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।