आइतबार, जेठ २१, २०८०

निउरो टिप्न भारतको आरक्ष पसेका हेमराजलाई कसले हान्यो गोली?

भारतीय वन रक्षकले गोडियामाथि गोली प्रहार गरेको गाउँलेहरु बताउँछन्। नेपालीहरु निउरो टिप्न जाने गरेको भारतको त्यो जंगल कतर्नियाघाट वाइल्डलाइफ सेन्चुरीमा पर्छ।
 |  शनिबार, असार १८, २०७९

नवीन अभिलाषी

नवीन अभिलाषी

शनिबार, असार १८, २०७९

बर्दिया– दुई दिनअघि बिहानको खाना खाएर निउरो टिप्न जंगल पसेका हेमराज गोडिया बेलुकैसम्म घर नफर्किएपछि परिवारको मनमा चिसो पस्यो। निउरो टिपेर दिउँसो ३–४ बजेतिरै घर फर्किनुपर्ने उनी बेलुकासम्म फर्किएनन्। साँझ परिसकेको थियो। हेमराजलाई कुरेर बसिरहेका श्रीमती र बुहारीलाई छिमेकी युवाहरु दौडिँदै आएर हेमराजलाई गोली लागेको खबर गरे। 

Everest Bank

घरदेखि करिब एक किलोमिटर टाढा खेतमा हेमराज रगताम्य अवस्थामा लडिरहेको अवस्थामा परिवारले उठायो। गाउँलेहरुको सहयोगमा हेमराजलाई घरमा ल्याउँदै गर्दा खेतबाट फर्किएका २३ वर्षीय छोरा अंगत गोडियाको शरीर नै निदायो। ‘म त खेतबाट काम गरेर आउँदै थिएँ, घरमा रुवाबासी चलेको देखेर मेरो शरीर नै निदायो,’ अंगतले सुनाए, ‘दायाँ खुट्टाको तिघ्रामा गोली लागेको रहेछ, बा बेहोस थिए।’

गाउँका युवा साथीहरुको सहयोगमा अंगतले हतारहतार एम्बुलेन्सलाई फोन गरे। लगातार केही एम्बुलेन्सलाई फोन गर्दा पनि नपाइएपछि अन्त्यमा एउटा एम्बुलेन्सले घाइतेलाई उठाउने भयो। १० बजे हेमराजलाई गुलरियास्थित अस्पताल पुर्याइयो। विडम्बना ! हेमराजको मृत्यु भइसकेको थियो। ‘हतारहतार अस्पताल लगिहालिम्, तर डाक्टरले बाँच्दैन भन्यो,’ अंगतले सुनाए, ‘खुट्टाबाट रगत धेरै बगेछ, दिउँसैबाट रगत बगेथ्यो होला। रातिसम्म धेरै ढिला भयो।’

भारतीय वन रक्षकले गोडियामाथि गोली प्रहार गरेको गाउँलेहरु बताउँछन्। नेपालीहरु निउरो टिप्न जाने गरेको भारतको त्यो जंगल कतर्नियाघाट वाइल्डलाइफ सेन्चुरीमा पर्छ।

गुलरिया नगरपालिका–३ बनकट्टी गाउँ भारतसँग सिमाना जोडिएको सानो गाउँ हो। मधेशी र मुस्लिम समुदायको मिश्रित बस्ती बनकट्टीमा गोडिया समुदायहरु खेतीपाती र वनजंगल गरेर दैनिक जीवन बाँच्दै आएका छन्। वर्षौंदेखि त्यहाँका स्थानीय भारतको जंगलमा पुगेर निउरो टिप्ने गर्दै आएका छन्। नेपालको सीमासँग जोडिएको यो मुर्तिहाज जंगलमा गोली प्रहार भएको घटना भने पहिलो हो। यसभन्दा अगाडि यस्ता प्रकारका घटनाहरु भएका थिएनन्। 

हेमराजकी श्रीमती मजीदेवी गोडिया अर्धचेत अवस्थामा छिन्। वर्षौदेखि हिँडेको जंगलमा उनका श्रीमानलाई कसले गोली हान्यो? मजीदेवीले सोच्नै सकेकी छैनन्। स्थानीयले ‘बुलेट’ नै लागेको निश्कर्ष निकालेका छन्। ‘त्यो गरिब बस्ती हो, खेतीपाती गरेर गुजारा चलाइरहेका छन्,’ गुलरिया नगरपालिका वडा नम्बर ३ का अध्यक्ष सर्वजीत यादवले भने, ‘यस्तो घटना पहिले भएको थिएन, प्रहरीले यो घटना हेरिरहेको होला। म कार्यालयको कामले निक्कै व्यस्त भएकाले त्यहाँ जान पाएको छैन, मान्छे पठाएर सबै कुरा बुझ्न भनेको छु।’

Metro Mart
worldlink

जिल्ला प्रहरी कार्यालय बर्दिया। घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरिक्षक सूर्यप्रकाश सुवेदीले बताएका छन्।
भारतीय वन रक्षकले गोडियामाथि गोली प्रहार गरेको गाउँलेहरु बताउँछन्। निउरो टिप्न जाने गरेको भारतको त्यो जंगल कतर्नियाघाट वाइल्डलाइफ सेन्चुरीमा पर्छ। ‘गोली कसले मार्यो हामीलाई त के थाहा?’ अंगत गोडिया भन्छन्, ‘पुलिस आएर कागजपत्र लेखेर लगेको छ।’

पोष्टमार्टमपछि गोडियाको शव परिवारले बुझेको छ। गोडियामाथि गोली कसले चलायो अझै पत्ता लागेको छैन। यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरिक्षक सूर्यप्रकाश सुवेदीले जनाए। ‘नजिकै वन्यजन्तु आरक्ष छ, अनधिकृत रूपमा जंगल प्रवेश गरेको भनेर भारतीय वन रक्षकले गोली हानेको हुन सक्छ,’ प्रहरी नायब उपरिक्षक सुवेदीले भने, ‘घटनाको बारेमा अनुसन्धान भैरहेको छ, कसले के कति कारणले गोली हानेको हो भन्ने बारेमा जानकारीका लागि हामीले प्रक्रिया सुरु गरीसकेका छौं, छिट्टै यो थाहा हुन्छ।’

हेमराजको खुट्टामा गोली नभए पनि घाउ भएको आधारमा अनुसन्धानलाई प्रहरीले अगाडि बढाएको छ। ‘भारतीय सुरक्ष संयन्त्रसँग कुरा भैरहेको छ, घटनास्थलमा के के भएको हो, कसको संलग्नता थियो भन्ने बारेमा अनुसन्धान भैरहेको छ,’ प्रहरी नायव उपरिक्षक सुवेदीले भने । सीमा नजिक रहेका वनकट्टी गाउँ र आसपासका मानिस भारतीय जंगलमा साग टिप्ने, घाँस काटेबापत आरक्षको मुन्सीलाई वार्षिक रुपमा सहयोग गर्ने गरेको स्थानीयले बताएका छन्। 

प्रकाशित: Jul 02, 2022| 07:55. 50 शनिबार, असार १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।