मंगलबार, जेठ ५, २०८३

राष्ट्रसंघको मुख्यालय पुगे प्रधान सेनापति शर्मा

अमेरिका भ्रमणमा रहेका नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालय भ्रमण गरेका छन्।
 |  शनिबार, असार १८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार १८, २०७९

काठमाडौं- अमेरिका भ्रमणमा रहेका नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालय भ्रमण गरेका छन्। शुक्रबार भ्रमणका क्रममा, प्रधान सेनापति शर्माले संघका उच्चपदस्थ अधिकारीहरूसँग पनि भेटवार्ता गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। 

National life

उक्त भेटवार्तामा शर्माले दुईपक्षिय आपसी हित र पारस्परिक सम्बन्ध एवम् यूएन मिसनका विविध पक्षहरूका बारेमा छलफल तथा विचार विमर्श गरेके नेपाली सेनाले जानकारी दिएको छ।

असार ४ गतेबाट ८ गतेसम्म लेवनान, ८ र ९ गते सिरिया सैनिक र सुरक्षा निकायका विभिन्न कार्यक्रममा सहभागी भएका प्रधान सेनापति शर्मा १३ देखि १७ गतेसम्म अमेरिकाको औपचारिक भ्रमणमा छन्। प्रधान सेनापतिसहित नेपाली अधिकारी टोली आइतबार स्वदेश फर्किने कार्यसूची रहेके नेपाली सेनाले जानकारी दिएको  छ।

विभिन्न समयमा हुने गरेका यस किसिमको उच्च स्तरीय भ्रमणले द्वन्द्वग्रस्त मुलुकहरूमा शान्ति स्थापनार्थ खट्टिएका नेपाली शान्ति सैनिकहरूको भूमिका तथा हौसलामा अभिवृद्धि हुनुका साथै यून मिसनहरूको गुणात्मक एवम् व्यवस्थापकीय पक्षहरू सवल बनाउन तथा भावी योजना तर्जुमा गर्न उल्लेख्य सहयोग पुग्ने नेपाली सेनाको विश्वास छ।

प्रकाशित: Jul 02, 2022| 19:35 शनिबार, असार १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।