शुक्रबार, साउन १, २०८३

नेपालकै पहिलो कलंकीको 'अन्डर पास' खुल्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- कलंकीको अन्डर पास शुक्रबारदेखि सञ्चालनमा आएको छ। शुक्रबार ३ बजेदेखि खुलेको चक्रपथ सुधार आयोजनाका प्रमुख प्रकाशचन्द्र भण्डारीले नेपाल समयलाई जानकारी दिए । 

'अन्डर पास सवारी चल्ने अवस्थाको भइसकेको छ,' उनले भने, 'कलंकीमा हुने जामलाई मध्यनजर गरेर आज शुक्रबार ३ बजेदेखि अन्डर पास खोलेका छौं ।' नेपालकै पहिलो अन्डर पास सुरुङको लम्बाइ आठ सय मिटर छ ।

उनका अनुसार अब अन्डर पास माथि र मुनिकf फोर लेनमा गाडी गुड्नेछन्। 'खसी बजारदेखि स्वयम्भु हुँदै चल्ने गाडीहरू अन्डर पास मुनिबाट र थानकोटदेखि टेकु हुँदै रत्नपार्क चल्ने गाडी माथिबाट गुड्नेछन्। 

अन्डर पासमा अझै पनि कालोपत्रे फिनिसिङ, पेन्टिङलगायत काम बाँकी रहेकाले आवश्यकताअनुसार कामका लागि केही समय गाडी रोक्न सकिने आयोजनाले जनाएको छ।

अन्डर पासको औपचारिक उद्घाटन तथा हस्तान्तरण भने सम्पूर्ण परियोजनाको काम सम्पन भएपछि डिसेम्बर १५ मा हुने तयारी भएको प्रमुख भण्डारीले जानकारी दिए।

अन्डर पास जुलाई २०१८ अगावै सक्ने लक्ष्य थियो । भूकम्प र नाकाबन्दीका साथै बिजुली, खानेपानी, टेलिफोनलगायत तार र पाइप व्यवस्थापनका कारण ढिलाइ भयो।

कलंकी-कोटेश्वर सडक विस्तारअन्तर्गत अन्डर पास निर्माण भएको हो। समग्र परियोजना डिसेम्बर २०१२ र अन्डरपास सन् २०१६ मा निर्माण थालिएको थियो। 

चीनको अनुदान सहयोग र चिनियाँ कम्पनी 'दी थर्ड रेल्वे एन्ड डिजाइन इन्स्टिच्युट ग्रुप कर्पोरेसनको डिजाइनअनुसार चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सनले निर्माण गरेको हो। 

यो सम्पूर्ण परियोजनाको कुल लागत पाँच अर्ब रुपैयाँ छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्