मंगलबार, जेठ ५, २०८३

बेनी नगरपालिकाका सबै वडामा भवन निर्माण

४ वटा नयाँ भवन निर्माण भएसँगै बेनी नगरपालिकाका १० वटै वडाको आफ्नै भवन बनेका हुन्।
 |  शनिबार, असार १८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार १८, २०७९

म्याग्दी- म्याग्दीको बेनी नगरपालिकाको सबै वडा कार्यालयको आफ्नै भवन निर्माण भएको छ। ४ वटा नयाँ भवन निर्माण भएसँगै बेनी नगरपालिकाका १० वटै वडाको आफ्नै भवन बनेका हुन्।

National life

बेनीमा वडा नम्बर ७ र ८, अर्थुङ्गेमा ६ तथा पात्लेखेतमा १० नम्बर वडाको कार्यालय भवन निर्माण गरिएको नगरपालिकाका इञ्जिनीयर विमलरञ्जन कार्कीले जानकारी दिए।

‘बेनी नगरपालिकाको १, २, ३, ४, ५ र ९ नम्बर वडाको यसअघि नै भवन थिए,’ उनले भने, ‘बहुवर्षे क्रमागत योजनाअन्तर्गत ४ वटा नयाँ भवन निर्माण चालू आर्थिक वर्षमा सकिएका हुन्।’ 

आर्थिक वर्ष २०७६/७७ मा अर्थुङ्गेमा सुरू भएको वडा नम्बर ६ को भवन निर्माण कार्य चालू आर्थिक वर्ष २०७८/७९ मा विनियोजन भएको २० लाख रुपैयाँ बजेटबाट ठेक्कामार्फत पूर्णता दिइएको हो। 

पात्लेखेत र वाखेत गाउँको सिमानामा २० लाख रुपैयाँ खर्चेर गत वर्ष निर्माण भएको १० नम्बर वडाको ३ कोठे एकतले भवनमा चालू वर्ष विनियोजन भएको ९ लाख रुपैयाँ बजेटबाट सभाहल बनाएको वडाध्यक्ष मसविर रोकाले बताए।

बेनीको सामुदायिक चोकमा अघिल्ला २ आवमा तयार पारिएको वडा नम्बर ७ को भवनको संरचनालाई चालू आवमा विनियोजन भएको ८ लाख रुपैयाँ बजेटबाट ठेक्कामार्फत प्लास्टर, रङरोगन, विद्युत्, पानी जडान गरेर पूर्णता दिइएको हो। 

नगरपालिकाले क्याम्पसचोकको भलबाढी व्यवस्थापनका लागि अधिग्रहण गरेको जग्गामा रहेको घरलाई पुनर्निर्माण गरेर ८ नम्बर वडाको कार्यालय सञ्चालन गरिएको छ। नगरपालिकाले गत वर्ष क्याम्पस चोकको भलबाढी ब्यवस्थापन गर्न एक करोड २१ लाखमा चार आना जग्गा र त्यहाँ रहेको घर अधिग्रहण गरेको थियो। 

क्याम्पस चोकका वासिन्दाले २१ लाख रुपैयाँ संकलन गरेर नगरपालिकालाई उपलब्ध गराएका थिए। अधिग्रहण भएको घरको भुइँतलामुनि भूमिगत नाला बनाएर बाढी व्यवस्थापन गरिएको छ। भुइँतलाको सटरसहित तीन वटा कोठा भाडामा लगाइएको छ। 

पहिलो तलाको ३ वटा कोठामा वडा कार्यालय स्थापना गरिएको हो। भवन पुनर्निर्माण गरेर कार्यालय स्थापना गर्न चालू आवमा १० लाख रुपैयाँ खर्च भएको छ। नयाँ भवन निर्माण भएपछि सेवा प्रवाह, कार्यालय सञ्चालन, भेला, बैठक आयोजना गर्न सहज भएको बेनपा–७ का वडाध्यक्ष रमेशकुमार श्रेष्ठले बताए। 

वडा नम्बर ६ बाहेकको अन्य सबै भवन प्रयोगमा आइसकेका छन्। गत वर्ष नगरपालिकाको भवन परिसरमा विषयगत शाखा कार्यालयका लागि नयाँ प्रशासकीय भवन निर्माण भएको थियो। प्रशासकीय भवनमा आगामी आवमा तला थप गर्न बजेट व्यवस्थापन गरिएको नगर उपप्रमुख ज्योति लामिछाने पौडेलले बताए।   -रासस


प्रकाशित: Jul 02, 2022| 10:54 शनिबार, असार १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।