मंगलबार, साउन १९, २०८३

पोखरामा लागूऔषधसहित तीन जना पक्राउ

जिल्ला प्रहरी कार्यालय कास्कीले बिहीबार लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।
 |  शनिबार, असार १८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार १८, २०७९

पोखरा- जिल्ला प्रहरी कार्यालय कास्कीले बिहीबार लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। 

लागूऔषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीद्वारा पोखरा ममहानगरपालिका वडा नम्बर ७ नुहारथोकबाट उनीहरू पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका वडा नम्बर ५ स्थायी घर भइ हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नम्बर ७ नुहारथोक बस्ने वर्ष ३४ का सुजित मुल्मी, वर्ष ३१ का रविन मगर र मकवानपुर बकिया गाउँपालिका वडा नम्बर ५ बस्ने वर्ष ३१ को बाबुराम मोक्तान रहेका छन्। 

उनीहरूको साथबाट लागूऔषध डाईजापाम ६५ एम्पुल, फेनेरागन ६५ एम्पुल, नुर्फिन ६५ एम्पुल गरी १९५ एम्पुल, कालो छालाको दाप धारिलो हतियार थान एक र मोबाईल चार थान बरामद भएको कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए।

उनीहरूलाई कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान प्रकृया अघि बढाइएको छ।

प्रकाशित: Jul 02, 2022| 08:21 शनिबार, असार १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।