मंगलबार, जेठ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुटकेसको ह्याण्डिलनै सुनको, विमानस्थलबाट एक जना पक्राउ

सुटकेसको ह्याण्डिलनै सुनको, विमानस्थलबाट एक जना पक्राउ

बैङ्ककबाट काठमाडौं आएका एक जना यात्रुले बोकेको सुटकेसको ह्याण्डिलभित्र सुन फेलापरेपछि प्रहरीले नियन्त्रणमा लिएको छ।
 |  शनिबार, असार १८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार १८, २०७९

काठमाडौं- बैङ्ककबाट काठमाडौं आएका एक जना यात्रुले बोकेको सुटकेसको ह्याण्डिलभित्र सुन फेलापरेपछि प्रहरीले नियन्त्रणमा लिएको छ।

National life

शुक्रबार बेलुका नेपाल एयरलाइन्सकोमार्फत बैङ्ककबाट काठमाडौं आएका रोकेश तुलाधरले बोकेको सुटकेसबाट २६७.४ ग्राम सुन त्रिभुवन विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएको हो।

भन्सार अधिकृतले चेकजाँच गर्ने क्रममा सुटकेश उचाल्न प्रयोग हुने ह्याण्डिल साईडको भित्र पट्टी शंकास्पद धातु रहेको पाएपश्चात सुटकेसको ह्याण्डिल खोल्दा भित्री भागमा सुन भेटिएको बताइएको छ। 

करिब ५ ईन्च लम्बाई र १ ईन्च चौडाई रहेको सुनको बारलाई कार्बन पेपरले र्‍यापिङ गरी अड्काएर ल्याएको प्रहरीको भनाइ छ।

शुक्रबार राति नै उनलाई नेपाल प्रहरीको हिरासतमा राखेर भन्सार कार्यालयले अनुसन्धान थालेको जनाएको छ।

प्रकाशित: Jul 02, 2022| 07:35 शनिबार, असार १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।