पाँचथर- अविरल वर्षासँगै माथिबाट खसेको पहिरोले घर पुरिँदा पाँचथरमा तीन जना बेपत्ता भएका छन्।
शुक्रबार राति १० बजेतिर फालेलुङ गाउँपाकिा-७ स्थित बिहिदिन बजारनजिकै रहेको दलबहादुर मगरको घर पहिरोले पुर्दा तीन जना बेपत्ता भएका हुन्।
प्रहरीले पहिरोमा दलबहादुर मगरका ४२ वर्षीय छोरा रुपलाल मगर, ३८ वर्षीया बुहारी गोमा मगर र १९ वर्षीया भतिजी एलिसा मगर बेपत्ता भएको जनाएको छ। दलबहादुरलाई भने स्थानीयले तत्कालै उद्धार गरेका थिए।
स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले बेपत्ताहरूको खोजी गरिरहेको प्रहरीको भनाइ छ।