मंगलबार, जेठ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बैतडीमा चट्याङ लागेर एक भैंसी मर्‍यो, तीन चौपाया घाइते

बैतडीमा चट्याङ लागेर एक भैंसी मर्‍यो, तीन चौपाया घाइते

शुक्रबार साँझ परेको चट्याङ लागेर बैतडीको दोगडाकेदार गाउँपालिकामा एक भैंसी मरेको छ भने ३ पशुचौपाया घाइते भएका छन्।
 |  शनिबार, असार १८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार १८, २०७९

बैतडी- शुक्रबार साँझ परेको चट्याङ लागेर बैतडीको दोगडाकेदार गाउँपालिकामा एक भैंसी मरेको छ भने ३ पशुचौपाया घाइते भएका छन्।

National life

दोगडाकेदार–३ श्रीकोट जडेखालीका राजेन्द्र जोशीले पालेको एक भैंसी मरेको, एक गाई, एक बाच्छो, एक बाख्रो घाइते भएको स्थानीय प्रहरीले जनाएको छ। शुक्रबार साँझ पौने ७ बजेतिर गोठमा बाँधेका चौपायामा चट्याङ परेको हो। 

चट्याङले राजेन्द्रले घरमा रहेको विद्युत्‌को वायरिङ र सोही ठाउँका नवराज भुल र बलराम जोशीको घरमा रहेको विद्युत्‌को मिटरमा पनि क्षति पुगेको छ।

यस्तै खोचलेक प्रहरी चौकीको सोलार, इन्भर्टर र बजार क्षेत्रमा जडान गरिएको सिसिटिभीमा चट्याङले क्षति पुगेको छ।

प्रकाशित: Jul 02, 2022| 07:15 शनिबार, असार १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।