काठमाडौं-भारतका पूर्वप्रधानमन्त्री अटलबिहारी बाजपेईको अन्तिम संस्कारमा सहभागि हुन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र नेपाली कांग्रेसका कार्यबाहक सभापति विमलेन्द्र निधी दिल्ली गएका छन् ।
परराष्ट्रमन्त्री ज्ञवाली शुक्रबार दिल्ली गएर आइतबार फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस्तै उपचारका लागि सिंगापुरमा रहेका कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यबाहक सभापति निधीलाइ स्वर्गीय भारतका पूर्वप्रधानमन्त्री बाजपेईको अन्तिम बिदाइका लागि दिल्ली पठाएका हुन् ।
मृगौला रोगबाट पिडित अटलबिहारीको भारतको नयाँ दिल्लफस्थित एम्स अस्पतालमा उपचारका क्रममा बिहीबार साँझ ५स्०५ बजे ९३ वर्षको उमेरमा निधन भएको हो।
किड्नीमा संक्रमण र अन्य स्वास्थ्यसम्बन्धी समस्याका कारण उनी अस्पताल भर्ना भएका थिए।
भारत रत्नबाट सम्मानित वाजपेयी तीन पटक भारतका प्रधानमन्त्री भए। सन् १९९६ मा १३ दिन, १९९८-१९९९ र अन्तिम पटक १९९९ देखि २००४ सम्म प्रधानमन्त्री रहे। बाजपेयी कवि र समावेशी राजनीतिका पर्याय पनि हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४