मंगलबार, जेठ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतीय सीमा क्षेत्रमा निगुरो टिप्न गएका नेपालीको गोली हानी हत्या

भारतीय सीमा क्षेत्रमा निगुरो टिप्न गएका नेपालीको गोली हानी हत्या

बर्दियाको गुलरिया नगरपालिकासँग जोडिएको भारतको सीमा क्षेत्रमा निगुरो टिप्न गएका एक व्यक्तिमाथि गोली प्रहार गरी हत्या गरिएको छ।
 |  शनिबार, असार १८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार १८, २०७९

गुलरिया- बर्दियाको गुलरिया नगरपालिकासँग जोडिएको भारतको सीमा क्षेत्रमा निगुरो टिप्न गएका एक व्यक्तिमाथि गोली प्रहार गरी हत्या गरिएको छ।

National life

कर्तनियाघाट वाइल्ड लाइफ सेन्जुरीको घना मूर्तिहा जंगलमा निगुरो खोज्दै पुगेका गुलरिया नगरपालिका-३ बनकट्टाका ५४ वर्षीय हेमराज गोडियाको गोली लागेर मृत्यु भएको हो। उनलाई अज्ञात स्थानबाट चलाइएको गोली लागेर ज्यान गएको प्रहरीले जनाएको छ।

हेमराजको दाहिने खुट्टामा गोली लागेपछि उपचारका लागि आफन्तले गुलरिया अस्पताल पुर्‍याएका थिए। उनी गोली लागेपछि घर फर्किएको र उपचारका लागि परिवारले अस्पताल लैजाँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले बताए। 

जंगलमा गोली कसले र किन चलायो भन्ने विषय अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। गोली लागेको व्यक्ति कसरी घर आइपुगे भन्ने विषय पनि गम्भीर भएकाले सूक्ष्म अनुसन्धान भइरहेको सुवेदीको भनाइ छ। 

हेमराजको पारिवारिक स्रोतका अनुसार गोडियालाई भारतीय जंगलमा गोली लागेपछि उनी भागेर नेपालतर्फ आएका हुन्। दौडने क्रममा उनी लडेका थिए। 

नेपालतर्फ आइसकेपछि उनले घरमा फोन गरेर घटनाको बारेमा परिवारमा जानकारी गराएका हुन्। लगत्तै छोरा र श्रीमती पुगेर उनलाई एम्बुलेन्सको व्यवस्था गरी गुलरिया अस्पताल पुर्‍याएका हुन्।

बिहीबार बेलुका नै घटना भए पनि शुक्रबार मात्रै बाहिर आएको प्रहरीले जनाएको छ। भारतीय सुरक्षाकर्मीले भने घटनाको बारेमा जानकारी नभएको बताएको छ।

प्रकाशित: Jul 02, 2022| 07:05 शनिबार, असार १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।