मंगलबार, जेठ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंसहित देशका अधिकांश स्थानमा बिहानैदेखि वर्षा

काठमाडौंसहित देशका अधिकांश स्थानमा बिहानैदेखि वर्षा

देशका विभिन्न क्षेत्रमा गएराति देखिनै वर्षा भइरहेको छ। केही क्षेत्रमा भारी वर्षासमेत भएको छ।
 |  शनिबार, असार १८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार १८, २०७९

काठमाडौं- देशका विभिन्न क्षेत्रमा गएराति देखिनै वर्षा भइरहेको छ। केही क्षेत्रमा भारी वर्षासमेत भएको छ। 

National life

आज बिहान प्रदेश–१, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। काठमाडौंमा बिहानैदेखि वर्षा भइरहेको छ। 

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

देशका तराई क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना छ जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज राति देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र अन्य भूभागमा आंशिक बदलीदेखि मौसम समान्यता सफा रहनेछ। प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम र अन्य भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ। 

प्रदेश-१ का एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ। 

नदी, नाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। 

यसैबीच, देशका विभिन्न क्षेत्रमा भारी वर्षा भएको छ। निरन्तरको वर्षाका कारण केही नदी तथा खोलामा जलस्तर बढेको छ । सिन्धुपाल्चोकको गुम्थाङ, धाप, नकोटेलगायत धेरै स्थानमा भारी वर्षा मापन भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

मेलम्ची नदी नकोटेको बाढीमापन केन्द्रमा जलसतह हिजो साँझभन्दा आज बिहान ५ बजे १.५ मिटरले बढेको छ। 

मेलम्चीको तटीय क्षेत्रमा आकस्मिक बाढी हुनुका साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले बिहान १० बजेसम्म अति उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। 

झापाको शनिश्चरे, चन्द्रगढीलगायत इलाम, झापाको सीमा आसपास केही स्थानमा अति भारी वर्षा भएको भएको छ। मेची, विरिङ, निन्दा, अदुवाखोलालगायत साना खोलामा बाढीको जोखिम रहेको छ। महाशाखाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा रहनेहरूले दिउँसोसम्म उच्च सतर्कता अपनाउनु पर्ने जनाएको छ। 

भोजपुरमा पनि भारी वर्षा मापन गरिएको छ। सो क्षेत्र भएर बग्ने साना नदीहरूमा बाढीको जोखिम भएकाले तटीय क्षेत्र र पहिरोग्रस्त क्षेत्रमा बस्ने स्थानीयले उच्च सतर्कता अपनाउनु पर्नेमा महाशाखाको आग्रह छ।

प्रकाशित: Jul 02, 2022| 06:35 शनिबार, असार १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।