बिहीबार, असोज २९, २०८३

मेलम्ची तटीय क्षेत्रमा उच्च जोखिम, सतर्क रहन आग्रह

देशका विभिन्न क्षेत्रमा भारी वर्षा भएको छ। निरन्तरको वर्षाका कारण केही नदी तथा खोलामा जलस्तर बढेको छ।
 |  शनिबार, असार १८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार १८, २०७९

काठमाडौं- देशका विभिन्न क्षेत्रमा भारी वर्षा भएको छ। निरन्तरको वर्षाका कारण केही नदी तथा खोलामा जलस्तर बढेको छ। 

सिन्धुपाल्चोकको गुम्थाङ, धाप, नकोटेलगायत धेरै स्थानमा भारी वर्षा मापन भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। 

मेलम्ची नदी नकोटेको बाढीमापन केन्द्रमा जलसतह हिजो साँझभन्दा आज बिहान ५ बजे १.५ मिटरले बढेको छ। मेलम्चीको तटीय क्षेत्रमा आकस्मिक बाढी हुनुका साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले बिहान १० बजेसम्म अति उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। 

झापाको शनिश्चरे, चन्द्रगढीलगायत इलाम, झापाको सीमा आसपास केही स्थानमा अति भारी वर्षा भएको भएको छ। मेची, विरिङ, निन्दा, अदुवाखोलालगायत साना खोलामा बाढीको जोखिम रहेको छ। महाशाखाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा रहनेहरूले दिउँसोसम्म उच्च सतर्कता अपनाउनु पर्ने जनाएको छ। 

भोजपुरमा पनि भारी वर्षा मापन गरिएको छ। सो क्षेत्र भएर बग्ने साना नदीहरूमा बाढीको जोखिम भएकाले तटीय क्षेत्र र पहिरोग्रस्त क्षेत्रमा बस्ने स्थानीयले उच्च सतर्कता अपनाउनु पर्नेमा महाशाखाले जोड दिएको छ।

प्रकाशित: Jul 02, 2022| 06:28 शनिबार, असार १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।