आइतबार, वैशाख १३, २०८३

लेबनानमा चरम खाद्य संकटको चेतावनी

लेबनानमा पाउरोटी र अन्य आधारभूत सामग्रीमा भएको तीव्र मूल्य वृद्धिले लेबनानमा मानवीय स्थिति दयनीय बनेको संयुक्त राष्ट्रसंघका एक वरिष्ठ अधिकारीले शुक्रबार बताएका छन्। रूस यूक्रेन युद्धको प्रभावका कारण लेवनानमा सबै सामानमा अत्यधिक मूल्यवृद्धि भएको उनले बताए।
 |  शनिबार, असार १८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार १८, २०७९

लेबनान- लेबनानमा पाउरोटी र अन्य आधारभूत सामग्रीमा भएको तीव्र मूल्य वृद्धिले लेबनानमा मानवीय स्थिति दयनीय बनेको संयुक्त राष्ट्रसंघका एक वरिष्ठ अधिकारीले शुक्रबार बताएका छन्। रूस यूक्रेन युद्धको प्रभावका कारण लेवनानमा सबै सामानमा अत्यधिक मूल्यवृद्धि भएको उनले बताए।

National life

उनले लेबनानको संकटले देशभरका लाखौँ नागरिकलाई प्रभावित पारिरहेको बताए। लेबनानका लागि संयुक्त राष्ट्र संघीय आवासीय संयोजक तथा मानवीय संयोजक नजात रोचडीले पत्रकार सम्मेलनमा भने, 'युक्रेनी संकटको प्रभावबाट लेबनानमा सामाजिक–आर्थिक मन्दी थप चर्किएको छ । यो मुख्यतः पाउरोटीको मूल्यमा भएको तीव्र वृद्धि र खाद्य सुरक्षालाई खतरामा पार्ने खालको रहेको देखिएको छ।'

'हाम्रो हालैको मूल्यांकनअनुसार २२ लाख मानिसहरूलाई वर्षको अन्तसम्म खाद्य तथा अन्य आधारभूत आवश्यकताहरूको पहुँच सुरक्षित गर्न तत्काल सहयोगको आवश्यकता पर्दछ, जुन गत वर्षको तुलनामा ४६ प्रतिशत वृद्धि हो।'

लेबनानको श्रम शक्तिको झण्डै एक तिहाइ बेरोजगार रहेको उनले बताए। सन् २०१८–२०१९ मा यहाँ रहेको बेरोजगारी दर ११.४ प्रतिशतबाट बढेर सन् २०२२ मा २९.६ प्रतिशत पुगेको छ।

प्रकाशित: Jul 02, 2022| 05:30 शनिबार, असार १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।