बिहीबार, असार ३२, २०८३

सिटिजन बैंकको ब्रान्ड एम्बेसडरमा ज्ञानेन्द्र मल्ल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- 'योर पार्टनरफर प्रोग्रेस' भन्ने नारालाई आत्मसाथगरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिङ सेवापुर्‍याँउदैआएको सिटिजन बैंक इन्टरनेसनल लिमिटेडले शुक्रबार बैंकको मुख्य कार्यालय भवन, नारायणहिटी पथ, दरबारमार्गमा आयोजित पत्रकार सम्मेलनबीच राष्ट्रिय क्रिकेट टिमका उप–कप्तान ज्ञानेन्द्र मल्ललाई ब्रान्ड एम्बेसडर घोषणा गरेको छ। 

बैंकले आफ्नो ब्रान्ड प्रवद्र्धनकालागि मल्ललाई एक वर्षका लागि अनुबन्ध गरेको हो। सिटिजन बैंक इन्टरनेसनल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले मल्ललाई ब्याट हस्तान्तरण गरी बैंकको ब्रान्ड एम्बेसडर भएको कुरा औपचारिकरूपमा घोषणा गरेको छ। 

नेपालका ‘सुपरस्टार’ खेलाडीलाई बैंकसँग आबद्ध गराउनपाउँदा बैंकको लोकप्रियता तथा व्यावसायिकता अभिवृद्धिमा मद्दत पुग्ने विश्वास बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले व्यक्तगरेका छन्। उनले बैंकको ब्रान्ड एम्बेसडरको अन्तर्रा्ष्ट्रिय र राष्ट्रियस्तरको खेलहरुमा सफलताको शुभकामना समेत व्यक्त गरेका छन्। 

बैंकले खेल जगतको प्रवर्धनकानिम्ति यस अगावै पनिविभिन्नकार्यक्रमहरू संचालन गरिसकेको छ। बैंकले खेलाडीको मनोबलउच्च राख्न विभिन्न समयमा अन्तर्र्रािष्ट्रय र राष्ट्रियस्तरका खेलाडीलाई सहयोग गर्दै आएको कुरा सर्वविदीतै छ। 

बैंकले आरम्भदेखि नै वार्षिक रूपमा टेनिस र गल्फ खेलको प्रतियोगिता संचालनगर्दै आएको छ ।ब्रान्ड एम्बेसडरमानियुक्त भएपछि राष्ट्रिय क्रिकेट टिमका उपकप्तान मल्लले सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले खेल प्रबद्र्धनको लागि देखाएको अग्रसरता प्रशंसायोग्य रहेको र नेपालको जुनसुकै खेललाई माथि उठाउन कर्पोरेट क्षेत्रहरुको आवश्यकता रहेको औंल्याए। नेपाली क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएका मल्लले बैंकको प्रबद्र्धनकालागि सक्दो सहयोग गर्ने प्रतिक्रिया दिए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्