शुक्रबार, असोज ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बलात्कारको झुटो आरोप लगाउने महिलालाई कैद सजायको फैसला

बलात्कारको झुटो आरोप लगाउने महिलालाई कैद सजायको फैसला

बलात्कारको झुटो आरोप लगाउने महिलालाई जिल्ला अदालत चितवनले कैद सजायको फैसला सुनाएको छ। बुधबार जिल्ला न्यायाधीश केशवप्रसाद अधिकारीको इजालसले ती महिलालाई १५ दिन कैद सजाय गर्ने फैसला सुनाएको हो।
 |  शुक्रबार, असार १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १७, २०७९

भरतपुर,चितवन- बलात्कारको झुटो आरोप लगाउने महिलालाई जिल्ला अदालत चितवनले कैद सजायको फैसला सुनाएको छ। बुधबार जिल्ला न्यायाधीश केशवप्रसाद अधिकारीको इजालसले ती महिलालाई १५ दिन कैद सजाय गर्ने फैसला सुनाएको हो।

२०७८ चैत ६ गते ७ वर्षीया बालिका बलात्कारमा परेको भनी उनकी आमाले चितवन प्रहरीमा जाहेरी दिएकी थिइन्। तनहुँ जिल्ला देवघाट गाउँपालिकामा घर भएकी बालिकालाई ०७८ चैत ४ गते भरतपुर महानगरपालिका–१ नरायणी नदीकिनारमा नुहाउन गएको अवस्थामा भरतपुरका ५८ वर्षीय पुरुषले बलात्कार गरेको आरोप लगाइएको थियो। 

बालिकालाई बलात्कार गरेको भनी परेको सो मुद्दामा न्यायाधीश अधिकारीको इजलासले पीडित भनिएको पक्षलाई नै १५ दिनको कैद सजाय फैसला गरेको र खनालले बुधबार सो आरोपबाट सफाइ पाएको चितवन अदालतका स्रेस्तेदार ईश्वर आचार्यले बताए। 

‘पौडी खेलिरहेको अवस्थामा नुहाउने बाहना बनाई दिसा गर्ने ठाउँमा लिङ्ग छिराउँदा चिच्याएको भनेर प्रारम्भिक जाहेरी दिएकोमा बकपत्रका क्रममा पीडितकी आमाले बालिकालाई नदीमा डुब्न लागेको देखेर निकालिदिएको तर जर्बजस्ती करणी नगरेको बताएकी छिन्। जाहेरी पढ्न नसक्ने भएकाले सही गर भनेर गरे भनेर बकपत्र गराएकी छिन्,' स्रेस्तेदार आचार्यले भने, ‘बालिकाले पनि 'करणी गर्न खोजेको होइन, पानीमा डुबेकाले निकाल्न खोजेको हो, प्रहरी अंकलको अघि मैले त्यस्तो भनेको छैन' भनेर बकपत्र गराएकी छिन। बालिकाको स्वास्थ्य परीक्षणबाट पनि बलात्कार भएको देखिएन।’

बालिकाकी आमाले झुटो आरोप लगाएर सरकारी निकायलाई 'पंगु' बनाएको र अनावश्यक दु:ख दिएको कसुरमा उनलाई १५ दिनको कैद सजाय गर्ने फैसला आएको आर्चायले बताए। मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ४४ को उपदफा २ को खण्ड ‘क’ अनुसार जाहेरवालालाई सो सजाय तोकिएको उनले बताए।

प्रकाशित: Jul 01, 2022| 20:35 शुक्रबार, असार १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।