मंगलबार, मंसिर १९, २०८०
  • गृहपृष्ठ
  • राजनीति
  • देउवा गठबन्धनको सभापति भएको शेखर समूहको निष्कर्ष, देशभर दबाब अभियान चलाउने

देउवा गठबन्धनको सभापति भएको शेखर समूहको निष्कर्ष, देशभर दबाब अभियान चलाउने

नेपाली कांग्रेसका डा. शेखर कोइराला समूहले पार्टी सभापति शेरबहादुर देउवा कांग्रेसकोभन्दा पनि गठबन्धनको सभापति भएको निष्कर्ष निकालेको छ। अनुपम फुडल्यान्डमा दुई दिनदेखि बसेको शेखर समूहको बैठकले देशभर सभापति देउवाविरुद्ध दबाब अभियान चलाउने निर्णयसमेत गरेको छ।
 |  शुक्रबार, असार १७, २०७९
averest bankaverest bank

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १७, २०७९

काठमाडौं- नेपाली कांग्रेसका डा. शेखर कोइराला समूहले पार्टी सभापति शेरबहादुर देउवा कांग्रेसकोभन्दा पनि गठबन्धनको सभापति भएको निष्कर्ष निकालेको छ। अनुपम फुडल्यान्डमा दुई दिनदेखि बसेको शेखर समूहको बैठकले देशभर सभापति देउवाविरुद्ध दबाब अभियान चलाउने निर्णयसमेत गरेको छ। 

sagarmatha cement

बैठकपछि बोल्दै शेखर समूहका नेता गोविन्दराज पोखरेलले भने, 'अहिले सभापतिजी कांग्रेसको भन्दा पनि गठबन्धनको भएर हिँड्नु भएको छ। उहाँले पार्टी भित्रै ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको पनि सभापति हुँ भन्‍ने अनूभूती दिलाउन सक्नुभएको छैन। हामीले हरेक प्रदेश, जिल्ला र स्थानीय तहमा दबाब अभियान चलाउने निर्णयमा पुगेका छौं।'

सरकारका नराम्रा कामको विरोध गर्ने पनि उनले बताएका छन्। उनले थपे, 'हाम्रो उद्देश्य पार्टी बलियो बनाउने हो। सरकार र पार्टीले गरेका नराम्रा कामलाई विरोध गर्ने हो। हामी समानान्तर समिति बनाउँदैनौं। सभापति कांग्रेसको हुन पर्‍यो, गठबन्धनको होइन।'

प्रधानमन्त्रीसमेत रहेका देउवाले सरकार सञ्‍चालन र जनजिविका, मल, विकास खर्चको कुरा, लगानीको वातावरण बनाउने कुरा, अर्थतन्त्रका सूचक राम्रो बनाउने कुरामा वाचा अनुसार पुरा नभएको विषयमा पनि छलफल भएको उनले बताए। उनले भने, 'अहिलेको सरकारले जनतालाई राहत दिन सकेन। जनजिविकाका मुद्दा सम्बोधन हुन सकेनन्।' 

राजस्व अनुसन्धान, सम्पत्ति सुद्धिकरण, राष्ट्रिय अनुसन्धान विभाग लगायत प्रधानमन्त्रीको मताहतबाट हटाउने भनेर हामीले राजनीतिक प्रतिबद्धता व्यक्त गरिए पनि अझै प्रधानमन्त्री कार्यालय मताहत राखिएको भन्दै सभापति देउवाको आलोचनासमेत गरिएको थियो। 

बजेट बनाउने विषयदेखि अन्य कुरामा आर्थिक सुशासनको अहिलेको सरकारले खिल्ली उडाइएको उनको आरोप छ। उनले भने, 'बैठकमा अहिलेको सरकारले नीतिगत भ्रष्टाचार गरेको निष्कर्ष निकालिएको छ। यसलाई रोक्नुपर्ने विषयमा पनि जोड दिइएको छ।' परराष्ट्र नीतिमा सबैको साझा नीति बनाउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराउने सहमति भएको पनि उनले बताए। 

प्रकाशित: Jul 01, 2022| 20:15 शुक्रबार, असार १७, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्