मंगलबार, जेठ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अमेरिकामा बृहत् नेपाली सम्मेलन हुँदै, कांग्रेस महामन्त्री शर्माले उद्घाटन गर्ने

अमेरिकामा बृहत् नेपाली सम्मेलन हुँदै, कांग्रेस महामन्त्री शर्माले उद्घाटन गर्ने

कार्यक्रम जुलाई ३ र ४ मा नर्थ क्यारोलिना राज्यमा हुने गैरआवासीय नेपाली संघले जानकारी दिएको छ। कार्यक्रम उद्घाटनका लागि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा अमेरिका जाने तय भइसकेको आयोजकको भनाइ छ।
 |  शुक्रबार, असार १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १७, २०७९

काठमाडौं- संयुक्त राज्य अमेरिकाको नर्थ क्यारोलिना राज्यमा बृहत् नेपाली सम्मेलन आयोजना गरिने भएको छ। गैरआवासीय नेपाली संघ अमेरिकाको ११औं सम्मेलनका अवससरमा नेपाली सम्मेलन र तेस्रो 'नलेज कन्भेन्सन' हुन लागेको हो। 

National life

कार्यक्रम जुलाई ३ र ४ मा नर्थ क्यारोलिना राज्यमा हुने गैरआवासीय नेपाली संघले जानकारी दिएको छ। कार्यक्रम उद्घाटनका लागि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा अमेरिका जाने तय भइसकेको आयोजकको भनाइ छ।

सम्मेलनमा ११ फरक विषयमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छl विज्ञान र प्रविधि, दिगो कृषि र प्राकृतिक श्रोत व्यवस्थापन, नेपालमा लगानीको क्षेत्र र संगठित लगानी, मास मिडिया र सामाजिक संजाल, सामाजिक बिज्ञान र लोककल्याण, महिला, युवा र नेपाली संस्कृति,  प्रविधि र पुर्वाधार अनि नेपालका लागि नेपाली डायस्पोराको भुमिका लगायतका बिषयमा कार्यपत्र प्रस्तुति पस्चात् गहन छलफल हुने एनआरएनए अमेरिकाले जनाएको छl

सम्मेलनमा एनआरएन आइसिसीका अध्यक्षहरु, विभिन्न देशमा रहेका एनआरएन नेतृत्व सँगै अमेरिकाका करिब चारसय प्रतिनिधिको सहभागिता रहनेछl

प्रकाशित: Jul 01, 2022| 17:02 शुक्रबार, असार १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।