इलाम- ताप्लेजुङको थुम्बेदिनबाट झापा जाँदै गरेको बोलेरो गाडी इलाम नगरपालिका-१ मिलगोमा दुर्घटना भएको छ। शुक्रबार दिउँसो सडकमा गुडिरहेको गाडी पुवाखोलामा खसेको हो।
मे १ ज ३३२९ नम्बरको ट्याक्सी दुर्घटनामा परी ११ जना घाइते भएका छन्। एक जना गम्भीर घाइतेलाई झापा रिफर गरिएको छ। बाँकी ११ जनाघाइतेको इलाम अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
जोशी हाइड्रोको पावरहाउस नजिक पुवाखोलामा ट्याक्सी झरेको थियो। सडकमा गाडी अनियन्त्रित भई रोडबाट अन्दाजी ५०० मिटर तल खसी दुर्घटना भएको हो।
यी हुन् घाइते
१) जिल्ला ताप्लेजुङ पाथिभरा याङ्बरक गा.पा ५ बस्ने वर्ष २१ की मनिषा तामाङ (टाउको र शरिरको विभिन्न भागमा चोट )
२) ऐ.ऐ. ६ बस्ने वर्ष २४ को लोकेन्द्र सिलवाल (खुट्टा नचल्ने)
३) ऐ. फुङलिङ न.पा ६ बस्ने वर्ष ३० की निमा खतिवडा (टाउको र शरिरको विभिन्न भागमा चोट)
४) जिल्ला झापा मेचिनगर न.पा ९ बस्ने वर्ष २२ को दिवान राई (टाउको र अनुहारमा चोट)
५) ऐ.ऐ. बस्ने १० महिनाकि बच्चा रियन्सा राइ (शरीरमा सामान्य चोट)
६) ऐ.ऐ. बस्ने वर्ष २२ की मञ्जली राई (टाउको र शरिरको विभिन्न भागमा चोट)
७) ऐ. भद्रपुर न.पा ३ बस्ने वर्ष वर्ष ५३ को इन्द्र ब. कार्की (हातखुट्टा नचल्ने)
८) ऐ.ऐ. बस्ने वर्ष ५६ को जित ब. थेबे ( टाउकोमा चोट झापा तर्फ रेफर)
९) जिल्ला पाँचथर फालेलुङ गा.पा. १ बस्ने वर्ष ३२ की अप्सरा कोइराला ( टाउको र शरिरको विभिन्न भागमा चोट )
१०)ऐ. याङबरक गा.पा ५ बस्ने वर्ष ५१ को प्रेम तामाङ ( टाउको र शरिरको विभिन्न भागमा चोट)
११)ऐ.ऐ. ६ बस्ने वर्ष २३ को दिपेन्द्र कोइराला ( टाउको र शरिरको विभिन्न भागमा चोट)
१२)जिल्ला भोजपुर श्यामसिला गा.पा १ बस्ने वर्ष २७ को सुरेन राइ ( टाउको, अनुहार, शरीरको विभिन्न भागमा चोट )
१३)चालक जिल्ला इलाम इलाम न.पा २ सुम्बेक बस्ने वर्ष २४ को चुडामणि घिमिरे (टाउकोमा गहिरो चोट, अवस्था गम्भीर)