मंगलबार, जेठ ५, २०८३

मदन भण्डारी मार्ग एकतर्फी सञ्चालन

उदयपुरको त्रियुगा नगरपलिका–७, झोलुङ्गेपुल नजिक पहिरो खस्दा मंगलबार रातिदेखि अवरुद्ध बनेको मदन भण्डारी राजमार्गमा एकतर्फी रूपमा सवारी आगमन सुचारु भएको छ।
 |  शुक्रबार, असार १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १७, २०७९

गाईघाट- उदयपुरको त्रियुगा नगरपलिका–७, झोलुङ्गेपुल नजिक पहिरो खस्दा मंगलबार रातिदेखि अवरुद्ध बनेको मदन भण्डारी राजमार्गमा एकतर्फी रूपमा सवारी आगमन सुचारु भएको छ। 

National life

अविरल वर्षासँगै सडकभन्दा माथिबाट आएको पहिरोले सो मार्गको गाईघाट–कटारीखण्ड अवरुद्ध भएको थियो। 

सडक अवरुद्ध भएसँगै गाईघाट–कटारी खण्डमा यातायात बन्द भएकोमा आयोजना कार्यालय र त्रियुगा नगरपालिकासमेतको दुईवटा स्काभेटरले करिब २० घण्टाको प्रयासमा पहिरो पन्छाउन सफल भएपछि एकतर्फी रूपमा सडक खुलाउने काम भएको मदन भण्डारी राजमार्ग सडक आयोजना कार्यालय गाईघाटले जनाएको छ। 

आयोजनाले सडकमा खसेको पहिरो हटाउँदा माथिबाट पहिरो झर्ने जोखिम रहेकाले थप क्षति नहुनेगरी सडकको अवरोध हटाउन स्काभेटरलगायतका मेसिन प्रयोग गरेर काम गरेको तर खतरा अझै कायमै रहेको आयोजना प्रमुख गोपालप्रसाद खकुरेलले बताए। 

सरकारले राजमार्गलाई राष्ट्रिय गौरवको आयोजना भनी नामकरण गरी ठूलो रकम लगानी गरेर सडक निर्माण गरेको तर सो अनुसारको दायाँबायाँ र तलमाथिका मोडहरू सुधार नगरिँदा वर्षाको समयमा दर्जनौं स्थानमा पहिरोले सडक अवरुद्ध हुने खतरा कायमै रहेको सो योजनामासमेत काम गर्दै आउनुभएका गाईघाट–दिक्तेल सडक आयोजनाका प्रमुख डिई गोपालप्रसाद खकुरेलले बताए।

प्रकाशित: Jul 01, 2022| 10:43 शुक्रबार, असार १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।