मंगलबार, साउन १९, २०८३

बझाङमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, ६ घाइते

बझाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। दुर्घटनामा अन्य थप ६ जना घाइते भएका छन्।
 |  शुक्रबार, असार १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १७, २०७९

धनगढी- बझाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। दुर्घटनामा अन्य थप ६ जना घाइते भएका छन्। 

सुर्मा गाउँपालिका–२ रातोपड भन्ने स्थानबाट सडकमा काम गरी घरतर्फ गइरहेको सु.प.प्र. ०२००१ त १३०८ नम्बरको ट्याक्टर बिहीबार राति घट्टेखोलामा दुर्घटना भएको हो। दुर्घटनामा २७ वर्षीय नरेश बोहराको मृत्यु भएको छ। 

चालक बिमल बोहरासहित ६ जना घाइते भएका छन्। ट्याक्टरको स्टेरिङले काम नगर्दा सडकबाट करिब २० मिटर तल खसेको प्रहरीले जनाएको छ। 

घाइतेहरू सुर्मा-२ का खडक बोहरा, कबिराज बोहरा, कलक बोहरा, जयराज बोहरा र बिमल बोहराको तत्काल उद्धार गरि जिल्ला अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Jul 01, 2022| 10:18 शुक्रबार, असार १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।