मंगलबार, जेठ ५, २०८३

झापामा हात्ती मृत फेला

जिल्लाको बुद्धशान्ति गाउँपालिका-५ आयाबारीस्थित मीना कार्कीको घर पछाडि खेतमा हात्ती मृत अवस्थामा भेटिएको हो।
 |  शुक्रबार, असार १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १७, २०७९

काठमाडौं- झापामा एउटा हात्ती मृत अवस्थामा फेला परेको छ। जिल्लाको बुद्धशान्ति गाउँपालिका-५ आयाबारीस्थित मीना कार्कीको घर पछाडि खेतमा हात्ती मृत अवस्थामा भेटिएको हो। 

National life

हात्ती मर्नुको कारण खुल्न सकेको छैन। खेतमा हात्ती लडिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। स्थानीय तीर्थ तिम्सिनाले हात्ती के कारणले मरेको हो भन्ने विज्ञहरू आएपछि मात्रै थाहा हुने बताए।

स्थानीय, वन कार्यालयका कर्मचारी तथा रक्षकले मृत हात्तीलाई घेरा हालेर बसेका छन्। हात्तीको दाह्रा, सुढ, पुच्छर र खुर सुरक्षित छ। मृत हात्तीको शरीरमा कुनै पनि चोटपटक नरहेको स्थानीयले बताए।

दाह्रा हेर्दा हात्ती किशोरावस्थाको जस्तो रहेको जिल्ला वन कार्यालयका रेन्जर कुलप्रसाद भट्टराईले जानकारी दिए। १० वर्षयता झापामा ११ हात्ती मरिसकेका छन्।

प्रकाशित: Jul 01, 2022| 10:05 शुक्रबार, असार १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।