मंगलबार, साउन १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अख्तियारको निरीक्षक भन्दै पैसा असुल्ने तीन जना पक्राउ

अख्तियारको निरीक्षक भन्दै पैसा असुल्ने तीन जना पक्राउ

पक्राउ पर्नेमा जलेश्वर-१२ का ३० वर्षीय रवि ठाकुर, लोहारपट्टी नगरपालिकाका २९ वर्षीय प्रभास झा र २१ वर्षीय हमिद राईन रहेका छन्।
 |  शुक्रबार, असार १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १७, २०७९

महोत्तरी- महोत्तरीको जलेश्वर नगरपालिका-१२ सीमा क्षेत्रमा नेपाल-भारत आउजाउ गर्नेहरूसँग अख्तियारको प्रहरी निरीक्षक हुँ भन्दै पैसा असुल्ने तीन जनालाई प्रहरीले पक्राऊ गरेको छ। 

पक्राउ पर्नेमा जलेश्वर-१२ का ३० वर्षीय रवि ठाकुर, लोहारपट्टी नगरपालिकाका २९ वर्षीय प्रभास झा र २१ वर्षीय हमिद राईन रहेका छन्।

प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार तीनै जनालाई बिहीबार साँझ जलेश्वर-१२ नैन्ही गाउँस्थित सीमानाकाबाट पैसा असुली गरिरहेको अवस्थामा प्रहरीचौकी नैन्ही र सशस्त्र प्रहरी बल नेपाल बीओपी जलेश्वरको टोलीले पक्राउ गरेको हो।

प्रहरीले उनीहरुको साथबाट पाँच हजार ८०० भारु बरामद गरेको छ। तीनैजनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।    -रासस

प्रकाशित: Jul 01, 2022| 09:43 शुक्रबार, असार १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।