मंगलबार, जेठ ५, २०८३

म्याग्दीका कृषकले चार लाख ६० हजार राहत पाए

डिभिजन वन कार्यालय म्याग्दीले आर्थिक वर्ष २०७८/०७९ मा सो रकम बराबरको राहत वितरण गरेको जनाएको छ।
 |  शुक्रबार, असार १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १७, २०७९

म्याग्दी- वन्यजन्तुको आक्रमणबाट पशुधनको क्षति बेहोरेका म्याग्दीका कृषकले चार लाख ६० हजार राहत पाएका छन्।

National life

डिभिजन वन कार्यालय म्याग्दीले आर्थिक वर्ष २०७८/०७९ मा सो रकम बराबरको राहत वितरण गरेको जनाएको छ। निमित्त डिभिजनल वन अधिकृत मनोज रानाभाटले चितुवाको आक्रमणबाट मरेका ५० वटा पशुका धनीलाई राहत उपलब्ध गराइएको जानकारी दिए। 

'प्रदेश सरकारको कार्यविधिअनुसार ३७ वटा खसी, बाख्रा र बोका, सात वटा पाठापाडी र छवटा बङ्गुरको राहत वितरण गरेका हौँ', उनले भने, '३० जना कृषकले राहत पाउनुभएको छ।' बाख्रा, खसी र बोकाको दश हजार, पाठापाडीको तीन हजार र बङ्गुरको छ हजार पाँच सय का दरले राहत वितरण गरिएको हो। चितुवाको आक्रमणबाट सबैभन्दा बढी क्षति बेहोर्ने कृषक मङ्गला गाउँपालिकाका छन्। 

वन्यजन्तु पीडित कृषकलाई राहतका अतिरिक्त मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका ब्रोसर वितरण र सचेतनामूलक गोष्ठी गरिएको छ। वन्यजन्तुको उपभोगका लागि दशवटा सामुदायिक वनमा पोखरी निर्माण गरिएको सहायक वन अधिकृत नरबहादुर क्षेत्रीले जानकारी दिए। 

प्रकाशित: Jul 01, 2022| 09:15 शुक्रबार, असार १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।