सोमबार, वैशाख २४, २०८१

सित्तैँमा पाउनुपर्ने सिटामोल र जीवनजलको समेत मूल्य बढाउँदैछ सरकार

अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थ तथा औषधिको मूल्य वृद्धि भएको भन्दै नेपालमा पनि मूल्य समायोजन गर्नुपर्ने अवस्था आएको औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराई बताउँछन्।
 |  शुक्रबार, असार १७, २०७९

ज्योति अधिकारी

ज्योति अधिकारी

शुक्रबार, असार १७, २०७९

काठमाडौं- लामो समयदेखि औषधिको मूल्य समायोजन हुन नसकेको भन्दै औषधि व्यवस्था विभागले मूल्य समायोजन प्रक्रिया अगाडि बढाएको छ। औषधि व्यवस्था विभागले बढाएको समायोजन प्रक्रियाको फाइल यतिबेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा छ। यदि स्वास्थ्य मन्त्रालयले उक्त विभागको प्रक्रियालाई स्वीकृत गरेमा मन्त्रीपरिषद्‍मा लगिनेछ र मन्त्रीपरिषद्ले निर्णय गर्नेछ। 

triton college

हाल नेपाली बजारमा बजारमा १८ हजार ब्रान्डका औषधि बिक्री भइरहेका छन्। तर, ती मध्ये जम्मा ११७ प्रकारका औषधिको मूल्य मात्रै तोकिएको छ। अन्य औषधिको मूल्य नतोकिएका कारण ब्रान्ड र पसल पिच्छे औषधिको मूल्य फरक पर्ने गरेको औषधि व्यवस्था विभागले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थ तथा औषधिको मूल्य वृद्धि भएको भन्दै नेपालमा पनि मूल्य समायोजन गर्नुपर्ने अवस्था आएको औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराई बताउँछन्। 

'लामो समयसम्म मूल्य समायोजन नहुँदा उत्पादकले पनि उत्पादन गर्न नसक्ने भन्दै हात उठाउनुपरेको अवस्था छ,' भट्टराईले भने, ‘मूल्य समायोजनले औषधिको मूल्य बढ्ने भन्ने गलत मानसिकताले गर्दा मानिसहरूले विरोध गरिरहेका छन्। तर, समायोजनले ८० प्रतिशत औषधिको मूल्य घट्नेछ भने जम्मा २० प्रतिशत औषधिको मूल्य बढ्नेछ।’ 

विभागले औषधिको समायोजनका क्रममा औषधिको मूल्य बढ्ने मात्र नभई धेरै औषधिको मूल्य कम हुने स्पष्ट पारेको छ।

corrent noodles
Metro Mart

'हाल मूल्य समायोजनका विषयमा मन्त्रालयमा प्रस्ताव पेस भएको छ। अब मन्त्रालयले उचित देखेमा त्यो फाइल मन्त्रीपरिषद्‍मा पुग्नेछ। केही सच्याउनुपर्ने भएमा मन्त्रालयले पुनः विभागलाई सच्याउने कुरासहित विभागलाई पठाउनेछ,' केसी भन्छन्।  

मूल्य निर्धारण नगरिएका औषधिको हकमा स्वदेशी वा विदेशी कम्पनीको सन्दर्भ मूल्य र अन्य ब्रान्डको मूल्यका आधारमा मूल्य निर्धारण हुँदै आएको छ। 

औषधि व्यवस्था विभागमा ११ हजार ८१२ प्रकृतका औषधि दर्ता भएका छन्। जसमध्ये जम्मा ११७ प्रकारका औषधिको मात्रै मूल्य निर्धारण गरिएको छ।  

औषधी व्यवस्था विभागले औषधीको मूल्य निर्धारण नगर्दा विक्रेताले मनपरी रकम असुल्ने गरेका छन्। एउटै कम्पनीको औषधिको मूल्य पनि फरक-फरक मूल्यमा दर्ता भएका छन्। त्यसलाई नियमनका लागि पनि मूल्य समायोजन आवश्यक भएको भट्टराई बताउँछन्। 

औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसी प्रस्तावमा जीवनजल, पारासिटामोल, सलाइनलगायत केही औषधिको मूल्य बढ्ने भएकाले केही मानिसले औषधिको मूल्य बढ्नु हुँदैन भन्दै दबाब दिइरहेको बताउँछन्।

'अन्तर्राष्ट्रिय बजारमा पनि औषधिको मूल्य घटेको छ। त्यसैले मूल्य समायोजन गर्दा नेपालमा पनि मूल्य घट्छ। मूल्य समायोजनले क्यान्सर, मुटुरोग, डाइविटीजलगायत धेरै औषधिको मूल्य घट्छ,' प्रवक्ता केसीले भने। 

औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसी प्रस्तावमा जीवनजल, पारासिटामोल, सलाइनलगायत केही औषधिको मूल्य बढ्ने भएकाले केही मानिसले औषधिको मूल्य बढ्नु हुँदैन भन्दै दबाब दिइरहेको बताउँछन्। ‘केही समय अगाडी औषधिको मूल्य समायोजन गर्ने विषयमा आन्तरिक उत्पादक तथा आयातकर्तालाई नै कुरा बुझाउन समस्या भएको थियो। तर, अहिले उत्पादक तथा आयातकर्ताले समायोजनमा सहमति जनाइसकेका छन्। यतिबेला आम नागरिकको बुझाई गलत भएको छ,' केसी भन्छन्।

आम नागरिकले औषधिको नाममा सिटामोल र जीवनजलको मूल्य बढ्ने भयो भनी विरोध गर्दा समस्या भइरहेको उनी बताउँछन्। 'संसद‍्मा समेत यसको विरोध भएको छ। मूल्य नबढाउन विभागलाई दबाब परिरहेको छ। तर, यो बिलकुल गलत छ। हजारौं पर्ने औषधिको मूल्य कम हुने कुरालाई बेवास्ता गर्ने काम भइरुहेको छ। ८० प्रतिशत महँगा औषधिको मूल्य कम हुनेकुरा बुझ्न आवश्यक छ,' उनले भने।

हाल आयातकर्ता र आन्तरिक उत्पादनकर्ता औषधिको मूल्य समायोजनमा सहमत भएको भट्टराईले बताए। 

‘अहिले बजारमा एउटा औषधिको मूल्य एक सय रुपैयाँ छ। कसैको १२० रुपैयाँमा बेचिरहेका छन्। कसैले त्यही औषधिलाई १५० रुपैयाँमा बेचिरहेका छन्। एभरेज लिँदा १३५ आयो। अब त्यस औषधिको समायोजनका क्रममा बढीमा १५ प्रतिशत रुपैयाँ वृद्धि होला तर १५० रुपैयाँ पर्ने औषधि त घट्ने भयो। यसरी समायोजन गर्न लागिएको हो। तर बजारमा बुझाई कमजोर देखिएको छ,’ भट्टराईले भने।

भट्टराई औषधि कम्पनीहरूले मनमौज ढंगले औषधिको मूल्य बढाइरहँदा त्यसलाई नियमन गर्न खोजेको बताए। विश्व स्वास्थ्य संगठनले नै रिफ्रेन्स प्राइज मानेर औषधिको मूल्य नवीकरण गरेकोमा विभागले मूल्य वृद्धि गरेको भन्नु गलत भएको उनी बताउँछन्। 

अन्य देशमा बढेका औषधिलाई कन्ट्री अफ ओरिजीनका आधारमा मात्रै मूल्य मिलाउन लागिएको विभाग जनाउँछ। प्रवक्ता केसीले भन्छन्, ‘भारतमा सेडुल ड्रग्स र नन सेडुल  ड्रग्स छ। सेडुल  ड्रग्सको मूल्य तोकिएको हुन्छ र ६/६ महिनामा वा वर्ष दिनमा रिभाइज गरिएको हुन्छ। तर, नन सेडुल ड्रग्समा १० प्रतिशतसम्म मूल्य वृद्धि हुने भो भने एउटा फर्म डिजाइन गरेको छ। त्यो फर्ममा गत वर्षको मूल्य यस्तो थियो, अहिले यति भयो भनेर मात्रै मूल्य कायम हुन्छ। ननसेडल ड्रग्स भनेको मूल्य निर्धारण नगरिएका औषधि हुन्। नेपालमा भारतको भन्दा बढ्दैन।’

विदेशबाट आयात हुने औषधिको कन्ट्री अफ ओरिजीनका र सम्बन्धित देशको खुद्रा मूल्यभन्दा बढी नहुने गरी मूल्य समायोजन गर्ने तयारी गरेको विभागले जनाएको छ। 

भारत लगायत अन्य मुलुकका औषधि कम्पनीको बढेको मूल्यलाई नेपालले ‘कन्ट्री अफ ओरिजन’को मूल्य मिलान मात्र गरेको उनी बताउँछन्।

अर्कोतर्फ विभागले नेपालमा  मूल्य तोकिएको ११७ प्रकृतिका औषधिको पनि मूल्य समायोजन गर्ने तयारी थालेको छ। 

विभागका अनुसार हालसम्म क्यान्सरलगायत दीर्घरोगका २७ थरी र ९० थरीका यान्टिबायोटिक गरेर जम्मा १२७ औषधिको मात्र मूल्य मात्र तोकिएको छ। 

विदेशबाट आयात हुने औषधिको कन्ट्री अफ ओरिजीनका र सम्बन्धित देशको खुद्रा मूल्यभन्दा बढी नहुने गरी मूल्य समायोजन गर्ने तयारी गरेको विभागले जनाएको छ। विभागले सरकारको अत्यावश्यक सूचीमा रहेका औषधिहरूको मूल्य तोक्ने गरेको छ।

त्यस्तै विभागले पेस गरेको मूल्य समायोजनसम्बन्धी प्रस्ताव स्वीकृत भएमा पारासीटामोल र जीवनजलको मूल्य बढ्ने विभागले जनाएको छ। विभागका प्रवक्ता सन्तोष केसीका अनुसार यही प्रस्तावले गर्दा औषधिको मूल्य वृद्धि हुने भयो भनेर विरोध भइरहेको छ। उनी भन्छन्, ‘त्यसो भए यी केही अत्यावश्यक औषधिको मूल्य नबढाऔँ, तर उत्पादनमा जति घाटा हुन्छ । त्यसलाई सरकारले सहुलियत दिनुपर्छ।’

विभागका अनुसार जीवनजल भारतमा प्रतिप्याकेट २७ रुपैयाँ पर्छ तर नेपालमा १० रुपैयाँमात्रै पर्छ। महानिर्देशक भट्टराई भन्छन्, ‘आन्तरिक उत्पादक कम्पनीहरूले हामी उत्पादन गर्न सक्दैनौं भनिसकेका छन्। मूल्य बढिसकेको छ। यस्तो अवस्थामा के गर्ने त?’

नेपालमा २०६४ सालमा २०/२२ वटा औषधिको मूल्य तोकिएको थियो। पछिल्लो समय २०७३ मा ९६ वटाको मूल्य तोकिएको थियो त्यसपछि समायोजन हुन सकेको छैन।

प्रकाशित: Jul 01, 2022| 09:27 शुक्रबार, असार १७, २०७९
प्रतिक्रिया दिनुहोस्