बिहीबार, असार ३२, २०८३

संहिता कार्यान्वयनलाई स्वागत गर्न दिपावली

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- मुलुकी अपराध (संहिता) ऐन, २०७४, मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ र फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन,२०७४ समेतका कानूनहरू अाजदेखि लागू भएको सन्दर्भमा देशव्यापी दिपावली गरिने भएको छ।

महान्यायाधिवक्ताको कार्यालयअन्तर्गतका ७७ वटै जिल्ला सरकारी वकिल कार्यालय, १८ वटा उच्च सरकारी वकिल कार्यालय, काठमाडौंस्थित विशेष सरकारी वकिल कार्यालय र महान्यायाधिवक्ताको कार्यालयमा दिपावली गरिनेछ।

साथै, देशभर सरोकारवालाहरूका बीचमा संहिताहरूका मुख्य विशेषताबारे अन्तरक्रियात्मक कार्यक्रमसमेत गर्न महान्यायाधिवक्ताको कार्यालयले निर्देशन दिएको छ।

अन्तरक्रियामा जिल्लास्थित कार्यालयका प्रमुखहरू, जिल्ला न्यायाधीश, प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल बार एसोसिएसनका प्रतिनिधि, कानून व्यवसायीहरू, अन्य सरोकारवाला र पत्रकारहरू समेतको सहभागिता रहने महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।