बिहीबार, फागुन २१, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • आइसीसीद्वारा सन् २००८ मा रूस–जर्जिया युद्धमा दोषी तीन जनाविरूद्ध पक्राउ पूर्जी जारी गर्न अनुमति

आइसीसीद्वारा सन् २००८ मा रूस–जर्जिया युद्धमा दोषी तीन जनाविरूद्ध पक्राउ पूर्जी जारी गर्न अनुमति

रूस र जर्जियाको दक्षिणी ओसेसियामा सन् २००८ मा भएको युद्धका क्रममा भएका युद्ध अपराधको आरोपमा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसीसी)ले तीन जनालाई पक्राउ पुर्जी जारी गर्ने अनुमति दिइएको बिहीबार जानकारी गराइएको छ।
 |  शुक्रबार, असार १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १७, २०७९

मस्को- रूस र जर्जियाको दक्षिणी ओसेसियामा सन् २००८ मा भएको युद्धका क्रममा भएका युद्ध अपराधको आरोपमा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसीसी)ले तीन जनालाई पक्राउ पुर्जी जारी गर्ने अनुमति दिइएको बिहीबार जानकारी गराइएको छ। 

मिखाइल मायामोभिच मिन्दजेभ, ग्यामलेट गुचमाजोभ र डेभिड जर्जिएविच सानाकोभ जर्जियाका मस्को निकट पृथकतावादी अभियानका प्रमुख व्यक्तिमध्ये रहेका र उनीहरूले नागरिकहरूलाई वार्तामा ‘बार्गेनिङ चिप्स’ को रूपमा प्रयोग गर्न नियन्त्रणमा राखेका आईसीसीले बताएको छ।

हेगस्थित आईसीसीका न्यायाधीशहरूले ‘यी तीनै जना शङ्कास्पद व्यक्ति युद्ध अपराधका लागि जिम्मेवार छन् भन्ने पुष्टि हुने आधारहरू थिए’ भन्ने निश्कर्ष अदालतको रहेको जनाएका छन्।

आईसीसी अभियोजनकर्ता करीम खानले रूसले युक्रेनमा आक्रमण गरेको केही दिनपछि गत मार्चमा पक्राउ गर्नका लागि दिएको निवेदनलाई न्यायाधीशहरूले जून २४ मा सदर गरेका बिहीबार सार्वजनिक गरिएको छ। 

पक्राउका लागि अदालतद्वारा आदेश दिइएका मिन्दजेभ दक्षिण ओसेनियाका आन्तरिक मामिला मन्त्री थिए। त्यसैगरी गुचमाजोभ मन्त्रालयको प्रारम्भिक हिरासत केन्द्रका प्रमुख थिए र सानाकोभ त्यतिबेला यस क्षेत्रको ‘आन्तरिक द्वन्द्व समाधानका लागि प्रमुख’ रहेको अदालतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

kumari

अदालतले दक्षिण ओसेसियामाथि सन् २००८ मा रुस र जर्जियाबीच भएको छोटो युद्धका क्रममा कथित युद्ध अपराधको अनुसन्धान सन् २०१६ मा सुरु गरेको थियो। अफ्रिका बाहिर घटेका घटनाको पहिलो त्यस्तो जाँच र रूससँग सम्बन्धित युद्धमा पहिलो पटक यस्तो जाँच भएको हो। 

अगस्त २००८ मा भएको युद्धले ७०० भन्दा बढी मानिसको ज्यान लिएको थियो र हजारौं जातीय जर्जियालीहरूलाई विस्थापित गरेको थियो। 

आईसीसीका अनुसार दक्षिण ओसेसियामा जातीय अधिकारका लागि भएका आन्दोलनमा कैयौँ मानिस गिरफ्तार गरिएको प्रमाणित आधारहरू छन्। उनीहरूलाई पछि टिस्कनवभलीको बन्दीगृहमा हिरासतमा राखियो, दुब्र्यबहार गरियो र उनीहरूलाई कठोर एकान्त काराबासमा राखिएको थियो।

ती कैदीहरूलाई रूस र दक्षिण ओसेसियाली अधिकारीहरूले सम्झौताको लागि मानव ढालका रूपमा प्रयोग गरेका थिए। पछि उनीहरूलाई कैदीहरूको आदान प्रदानका लागि प्रयोग गरीएको थियो। उनीहरूको रिहाइपछि अधिकांशले सुरक्षाका लागि जर्जिया छोडनु परेको थियो।

रूसी नागरिकहरू ६६–बर्षीय माइन्दजेभ, ४५–बर्षीय गुचमाजोभ दुवैलाई गैरकानुनी कैद, यातना र अमानवीय व्यवहार गरेको व्यक्तिगत मर्यादामाथि आक्रमण र बन्दी बनाएको र नागरिकहरूलाई गैरकानुनी रूपमा हस्तान्तरण गरेको भन्दै युद्ध अपराध कानुन अन्तर्गत दोषी ठहर गरिएको अदालतले उल्लेख गरेको छ। 

त्यस्तै ४५–बर्षीय सानाकोएभले नागरिकहरूलाई बन्दी बनाएर गैरकानुनी रूपमा हस्तान्तरण गरेको अभियोग लगाइएको छ।

रूस आईसीसीको सदस्य होइन तर जर्जिया हो।

प्रकाशित: Jul 01, 2022| 04:30 शुक्रबार, असार १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।