बिहीबार, फागुन २१, २०८२

विश्वका ११० देशमा पुनः कोरोनाको संक्रमणको वृद्धि

कोरोना भाइरसले स्वरूप परिवर्तन गर्दै गएपनि महामारी भने अझै अन्य नभएको र धेरै देशमा अहिले पनि सङ्क्रमण देखिइरहेको डब्लुएचओका अधिकारीहरूले जनाएका छन्।
 |  शुक्रबार, असार १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १७, २०७९

काठमाडौं- विश्वव्यापी महामारीको रूपमा रहेको कोरोना भाइरसको सङ्क्रमण थप देशहरूमा पनि पुष्टि भएका छन्।  

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले अहिलेसम्म विश्वका ११० देशमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको बुधबार जनाएको छ। 

कोरोना भाइरसले स्वरूप परिवर्तन गर्दै गएपनि महामारी भने अझै अन्य नभएको र धेरै देशमा अहिले पनि सङ्क्रमण देखिइरहेको डब्लुएचओका अधिकारीहरूले जनाएका छन्। 

'महामारीको स्वरूप परिवर्तन भइरहेको छ, तर महामारी अन्त्य भएको छैन, नयाँ नयाँ स्वरूपमा आउने गरेकाले पूर्ण नियन्त्रण गर्न गाह्रो भएको छ,' डब्लूएचओका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयससले भने।

विश्वभरीको तथ्यांक हेर्दा अहिले औसतमा २० प्रतिशत सङ्क्रमण बृद्धि भएको पनि उनले जानकारी दिए।

kumari

डब्लूएचओले सबै देशलाई कोरोना भाइरस विरुद्धको खोप लगाउन आग्रह गर्दै आएको र धेरै देशमा कम्तीमा ७० प्रतिशत जनताले खोप लगाएको पाइएको छ।  

पछिल्लो १८ महिनामा विश्वभरी १२ अर्ब खोप वितरण गरिएको पनि उहाँले पत्रकार सम्मेलनमा जानकारी दिए। 'विश्वका ५८ देशले मात्रै ७० प्रतिशतभन्दा बढीलाई कोरोना भाइरसविरूद्धको खोप लगाइसकेका छन्। अन्य कतिपय देशले आर्थिक समस्याका कारण खोपको सङ्ख्या त्यो तहसम्म पुर्‍याउन सकेका छैनन्,' उनले भने। 

न्युन आय भएका देशहरूलाई डब्लुएचओ लगायतका कतिपय सहयोगी संस्था तथा निकायको सहयोगमा केही खोप उपलब्ध गराइएको पनि उनले बताए। 

प्रकाशित: Jul 01, 2022| 06:00 शुक्रबार, असार १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।