बिहीबार, फागुन २१, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • चिनियाँ राष्ट्रपति सी र हङकङका प्रमुख कार्यकारी लामबीच भेटवार्ता

चिनियाँ राष्ट्रपति सी र हङकङका प्रमुख कार्यकारी लामबीच भेटवार्ता

उक्त अवसरमा राष्ट्रपति सीले मुख्य कार्यकारीको रूपमा लामको पाँच वर्षे कार्यकालमा भए गरेका कामहरूलाई केन्द्रीय अधिकारीहरूले पूर्ण रूपमा स्वीकार गरेको बताए।
 |  शुक्रबार, असार १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १७, २०७९

बेइजिङ- राष्ट्रपति सी जिनपिङ र हङकङका कार्यकारी प्रमुख क्यारी लामबीच बिहीबार हङकङमा भेटवार्ता भएको छ।

उक्त अवसरमा राष्ट्रपति सीले मुख्य कार्यकारीको रूपमा लामको पाँच वर्षे कार्यकालमा भए गरेका कामहरूलाई केन्द्रीय अधिकारीहरूले पूर्ण रूपमा स्वीकार गरेको बताए।

उनले केन्द्रीय सरकारको सहयोगमा प्रमुख कार्यकारीको रूपमा एक देश दुई प्रणालीको नीति र आधारभूत कानूनको दृढताका साथ पालना गर्नुभएको र पाँच वर्षयता उहाँको कार्यप्रति केन्द्र सरकार सन्तुष्ट रहेको बताए। 

भेटमा क्यारी ल्यामले हङकङमा महामारी अझै देखिएको बेलामा हङकङको भ्रमण गर्नुभएकामा राष्ट्राध्यक्ष सी चिनफिङप्रति हार्दिक आभार ज्ञापन गरेका थिए। राष्ट्राध्यक्ष सीको हङकङ निरीक्षण भ्रमण मातृभूमिलाई बलियो र समृद्धि बनाउने र उनको हङकङ निरीक्षण भ्रमण पूर्णरूपमा सफल हुने विश्वास आफूले लिएको पनि उनले बताए।

सी हङकङ चीनलाई हस्तान्तरण भएको २५ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन हङकङ पुगेका हुन्। 

kumari

'लामले राष्ट्रिय सार्वभौमिकता, सुरक्षा र विकास हितको रक्षा, हङकङको समृद्धि र स्थिरता कायम गर्न, ‘हङकङको प्रशासन गर्ने देशभक्तहरू’ को सिद्धान्तलाई कार्यान्वयन गर्न र हङकङमा सुव्यवस्था कायम गर्न कठिन प्रयास र महत्वपूर्ण योगदान गर्नुभएको छ,' सीले भने।

बिहीबार दिउँसो नै सीले हङकङ विशेष प्रशासनिक क्षेत्रका कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका प्रमुखहरू, हङकङका विभिन्न क्षेत्रका प्रतिनिधिहरू, हङकङका अनुशासित सेवकहरु, हङकङमा तैनाथ केन्द्रीय एकाइ र प्रमुख चिनियाँ अनुदान संस्थाका प्रमुखहरूसँग भेट गरेका छन्। 

प्रकाशित: Jul 01, 2022| 05:00 शुक्रबार, असार १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।