बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • इजरायलमा लापिद नयाँ प्रधानमन्त्री बन्‍ने, बेनेटले आगामी निर्वाचनमा भाग नलिने

इजरायलमा लापिद नयाँ प्रधानमन्त्री बन्‍ने, बेनेटले आगामी निर्वाचनमा भाग नलिने

इजरायलमा वर्तमान प्रधानमन्त्री नाफ्ताली बेनेटले बहुमत गुमाएपछि नयाँ प्रधानमन्त्री चयन गरिने भएको छ।
 |  शुक्रबार, असार १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १७, २०७९

तेल अभिभ- इजरायलमा वर्तमान प्रधानमन्त्री नाफ्ताली बेनेटले बहुमत गुमाएपछि नयाँ प्रधानमन्त्री चयन गरिने भएको छ।

बहुमत सांसदहरू प्रधानमन्त्रीको विपक्षमा उभिएपछि उनीहरूले संसद् विघटन गर्ने प्रस्ताव पारित भएको हो।यससँगै संसद् पनि विघटन भएको छ।

संसद विघटन भएसँगै इजरायलमा फेरि निर्वाचन गर्नुपर्ने भएको छ।पछिल्लो चार बर्षमा इजरालयमा पाँच पटक निर्वाचन हुन लागेको हो। निर्वाचन आगामी नोभेम्बर १ मा गर्ने पनि तय भएको छ। तर निर्वाचन हुनुअघि चुनावी सरकारको नेतृत्व भने वर्तमान विदेश मन्त्री येर लापिदले गर्ने अपेक्षा गरिएको छ।

येश अतिद पार्टीका नेता लापिदलाई शक्ति बाँडफाँडको सहमति अनुसार बेनेटले नै जिम्मेवारी हस्तान्तरण गर्ने भएका छन्। बेनेटले लापिदलाई प्रधानमन्त्री बनाउने भएपनि आगामी निर्वाचनमा भने सहभागिता नजनाउने भएका छन्। 

उनले आफ्नो पार्टीका कुनै पनि सदस्यले आगामी संसदीय निर्वाचनमा भाग नलिने स्पष्ट पारेका हुन्। संसदले उनको अपेक्षा विपरित अग्रीम निर्वाचनको घोषणा गरेकाले अग्रीम निर्वाचनमा सहभागी हुन उपयुक्त नहुने निश्कर्ष उहाँले निकालेका हुन्। 

kumari

प्रकाशित: Jul 01, 2022| 05:30 शुक्रबार, असार १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।