शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्कुलभित्र शंकास्पद वस्तु, त्रासमा परीक्षा दिँदै विद्यार्थी

स्कुलभित्र शंकास्पद वस्तु, त्रासमा परीक्षा दिँदै विद्यार्थी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- बाजुराको सदरमुकाम मार्तडीस्थित मालिका नमूना माविको प्राविधिक भवनभित्र शंकास्पद वस्तु राखेको भेटिएको छ।

विद्यालयमा टीएसएलसी र प्राविधिकतर्फ ओभरसियर तेस्रो वर्षको परीक्षा सञ्चालन भइरहेको छ। विद्यार्थीहरूलाई तर्साउन शंकास्पद वस्तु राखिएको हुन सक्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

बिहीबार राति त्यो शंकास्पद वस्तु राखेको हुन सक्ने प्रहरीको अनुमान छ। तर, कसले राखेको हो भन्ने खुलेको छैन। विद्यालय आसपासमा प्रहरीले सुरक्षा कडा बनाएको छ।

बम निस्क्रिय पार्न नेपाली सेनाको टोलीलाई खबर गरिएको डीएसपी सागर बोहराले बताए। परीक्षार्थी त्रासपूर्ण वातावरणमा परीक्षा दिइरहेका छन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।