शुक्रबार, असोज ३०, २०८३

तिहार ताक्दै 'प्रसाद-२' को घोषणा

०७५ सालमा प्रदर्शनमा आएको 'प्रसाद'को सिक्वेलको रूपमा 'प्रसाद २' बन्न लागेको हो।
 |  बिहीबार, असार १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार १६, २०७९

काठमाडौं- फिल्म 'प्रसाद २' को औपचारिक घोषणा भएको छ। विपिन कार्की र नम्रता श्रेष्ठ मुख्य अभिनयमा रहने फिल्मको बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि निर्माण टिमले औपचारिक घोषणा गरेको हो।

२०७५ सालमा प्रदर्शनमा आएको  'प्रसाद'को सिक्वेलको रूपमा 'प्रसाद २' बन्न लागेको हो। सुभाष थापा प्रोडक्सनको ब्यानरमा बन्न लागेको फिल्मलाई सुदर्सन थापाले निर्देशन गर्दैछन्। यसअघि 'प्रसाद'लाई दिनेश राउतले निर्देशन गरेका थिए। सिक्वेल निर्देशन नगर्ने राउतको निर्णयलाई सम्मान गर्दै निर्माण टिमले सुदर्शनलाई निर्देशनको जिम्मेवारी सुम्पेको हो।

पत्रकार सुशील पौडेलको लेखनमा बन्ने यो फिल्मबाट मेडिकल व्यवसायी केशव पाण्डेले फिल्म निर्माणमा हात हालेका छन्। निर्माता सुभाष थापासँग पाण्डेले फिल्मको निर्माणमा साझेदारी गरेका हुन्। कार्यक्रममा बोल्दै पाण्डेले कर्पोरेट क्षेत्रले फिल्ममा लगानी गर्दा यो क्षेत्रको व्यवसायिकता माथी उठ्ने भन्दै लगानी गर्न तयार भएको बताए। 

निर्देशक थापाले 'प्रसाद'को मर्म र मुल्यलाई मर्न नदिने गरि यसको सिक्वेललाई तयार पार्ने बताए। अभिनेता कार्की र अभिनेत्री श्रेष्ठले 'प्रसाद'मा निभाउन पाएको क्रमशः बाबुराम र नारायणीको पात्रलाई पुनः निरन्तरता दिन पाउँदा उत्साहित रहेको भन्दै दर्शकलाई निराश नबनाउने धारणा राखे।

लेखक पौडेलले यो फिल्म नाम मात्रैको सिक्वेल नहुने बताए। 'जहाँबाट प्रसादको कथा सकिएको छ प्रसाद २ त्यहीँबाट सुरु हुनेछ। बाबुराम र नारायणी गाउँ फर्किएपछि उनिहरूको जीवनमा आउने उतार चढाव नै फिल्मको केन्द्र हो', पौडेलले भने।

यो फिल्ममा 'प्रसाद'मा मुख्य भुमिका निभाएका अर्का अभिनेता निस्चल बस्नेत बाहिरिँदा अभिनेता अर्पण थापाको प्रवेश भएको छ। अब विपिन कार्की, नम्रता श्रेष्ठ र अर्पण थापा फिल्मको मुख्य अभिनयमा रहनेछन् भने साथमा राज कटुवाल,कमलमणी नेपाल, प्रकाश घिमिरे, रश्मी पाण्डे, गीता अधिकारी लगायत अभिनयमा रहनेछन्।

यसै साताबाट फ्लोरमा जाने फिल्मलाई कास्कीको याङ्जाकोट आसपास छायांकन गरिनेछ। 'प्रसाद २'लाई राजेश श्रेष्ठले खिच्नेछन्। सम्पादनको जिम्मा मिलन श्रेष्ठले लिएका छन्। फिल्मलाई आउँदो तिहार रिलिज टार्गेट गरिएको निर्माता पाण्डेले जानकारी दिए।

प्रकाशित: Jun 30, 2022| 22:01 बिहीबार, असार १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।