शनिबार, चैत ७, २०८२

२४ घण्टामा ५५ जनामा संक्रमण पुष्टि

देशभर पछिल्लो २४ घण्टामा थप ५५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा दुई हजार ६९८ जनाको नमूना परीक्षण गरिएको थियो। एक हजार ५३२ जनाको पीसीआर र एक हजार १६६ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
 |  बिहीबार, असार १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार १६, २०७९

काठमाडौं- देशभर पछिल्लो २४ घण्टामा थप ५५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा दुई हजार ६९८ जनाको नमूना परीक्षण गरिएको थियो। एक हजार ५३२ जनाको पीसीआर र एक हजार १६६ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।  

National life

सो अवधिमा १७ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। यससँगै सङ्क्रमणमुक्त हुनेको संख्या नौ लाख ६७ हजार ४६२ पुगेको छ। सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव आठ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। 

पछिल्लो २४ घण्टामा तीन लाख १६ हजार ४७७ जनाले कोभिडविरुद्धको खोप लगाएका छन्। हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २८० रहेको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५२ पुगेको छ। होम आइसोलेशनमा २७४, संस्थागत आइसोलेसनमा छ र आइसियुमा तीन जना संक्रमित रहेका छन्। 

हाल देशभरमा २०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला कुनै पनि छैनन्। शून्य सङ्क्रमित रहेका जिल्लामा ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, धनकुटा, इलाम, तेह्रथुम, ताप्लेजुङ, सप्तरी, मनाङ, मुस्ताङ, म्याग्दी, गोरखा, तनहुँ, नवलपरासीपूर्व, बागलुङ, रुकुमपूर्व, दाङ, प्यूठान, जाजरकोट, जुम्ला, डोल्पा, हुम्ला, रुकुम पश्चिम र कालीकोट रहेका छन्। 

उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा १३१, ललितपुरमा ३४ र भक्तपुरमा नौ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ। कूल सङ्क्रमण दर १७ दशमलव प्रतिशत छ। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 30, 2022| 19:00 बिहीबार, असार १६, २०७९
प्रतिक्रिया दिनुहोस्