आइतबार, असार २२, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • तोकिएको समयमै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन: प्रधानमन्त्री देउवा

तोकिएको समयमै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन: प्रधानमन्त्री देउवा

संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन आवधिक निर्वाचनले सहयोग पुग्ने हुँदा सरकार तोकिएकै समयमा निर्वाचन गराउन प्रतिबद्ध रहेको प्रधानमन्त्री देउवाको भनाइ छ।
 |  बिहीबार, असार १६, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असार १६, २०७९

vianetvianet

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन तोकिएकै समयमा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। ६४औं संसद् दिवस अवसरमा संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहीबार आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्।

प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित रूपमा सम्पन्न भएको उल्लेख गर्दै आउँदो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पनि सम्पन्न गराउन सरकार दृढ रहेको प्रतिबद्धता जनाए।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन आवधिक निर्वाचनले सहयोग पुग्ने बताउँदै प्रधानमन्त्री देउवाले मुलुकलाई विकसित र समुन्नत राष्ट्रको रूपमा अघि बढाउन सबैले मिलेर काम गर्नुपर्ने धारणा राखे।

‘अहिले हामी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा मुलुकमा दिगो शान्ति, सुशासन कायम गर्दै विकासको गतिमा अघि बढिरहेका छौं। सबै मिलेर नेपाललाई विकसित र समुन्नत राष्ट्रको रूपमा स्थापित गर्नु हामी सबैको दायित्व हो’, प्रधानमन्त्री देउवाले भने, ‘मुलुकमा लोकतान्त्रिक संसदीय शासन प्रणालीलाई मजबुत बनाउन आवधिक निर्वाचनले सघाउ पुग्ने विश्वास लिएको छु।’

प्रधानमन्त्री देउवाले मुलुक दिगो शान्ति र विकासको गतिमा अघि बढिरहेको उल्लेख गर्दै त्यसलाई सार्थक बनाउन पूर्वसांसदहरूको अनुभव उपयोगी हुने विश्वास व्यक्त गरे।

प्रकाशित: Jun 30, 2022| 14:43 बिहीबार, असार १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...