बिहीबार, असार ३२, २०८३

डलर अहिलेसम्मकै सर्वाधिक महँगो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- अमेरिकी डलर अहिलेसम्मकै सर्वाधिक महँगो भएको छ। अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा कमजोर भएपछि नेपाली रुपैयाँको पनि अवमूल्यन हुँदा डलर महँगिएको हो।  

शुक्रबार एक अमेरिकी डलर खरिद गर्न एक सय १२ रुपैयाँ ५५ पैसा तिर्नुपर्ने भएको छ। यो हालसम्मकै उच्च हो । डलर महँगो भएसँगै नेपाली रुपैयाँ हालसम्मकै कमजोर अवस्थामा पुगेको छ। 

गत सोमबार एक अमेरिकी डलरको विनिमय दर एक सय १२ रुपैयाँ २० पैसा पुगेको थियो । नेरु र भारुबीच स्थिर विनिमयदर रहेकाले भारु कमजोर हुँदा त्यसको सीधा असर नेपाली रुपैयाँमा पर्ने गरेको छ। 

अमेरिका र चीनबीचको व्यापारमा देखिएको तनावका कारण  कमजोर बन्दै गएको भारुलाई टर्कीको संकटले थप कमजोर बनाएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। 

अमेरिकाले स्टिल र अल्मुनियममा लाग्दै आएको भन्सार महसुल दोब्बर बनाएसँगै टर्कीको अर्थतन्त्रमा समस्या देखिएको हो । यसले टर्कीको मुद्रा लिरा पनि अवमूल्यन भएको सामाचारहरू प्रकाशित भएका छन्। यसको असर युरोपेली बैंकहरूमा पनि पर्न सक्ने अनुमान छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।