शुक्रबार, असोज ३०, २०८३

ग्रामीमा नेपाली संगीत चिनाउने अवसर गायक बिपुल क्षेत्रीलाई

रेकर्डिङ एकेडेमीले नेपाली भाषी गायक क्षेत्रीसहित दुई हजारभन्दा बढी विश्व संगीतका सर्जकलाई सदस्यतामा नियुक्त गरेको जनाइएको छ।
 |  बिहीबार, असार १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार १६, २०७९

काठमाडौं- गायक विपुल क्षेत्री विश्व संगीतको सर्वोच्च अवार्ड ग्रामीको सदस्यमा मनोनीत भएका छन्। रेकर्डिङ एकेडेमीले नेपाली भाषी गायक क्षेत्रीसहित दुई हजारभन्दा बढी विश्व संगीतका सर्जकलाई सदस्यतामा नियुक्त गरेको जनाइएको छ।  

क्षेत्री सदस्य नियुक्त भएसँगै सन् २०२२ को ग्रामी अवार्डमा मतदान अधिकार प्राप्त गर्नेछन्। रेकर्डिङ एकेडेमीले यही साता क्षेत्रलाई सदस्यता लिन निम्तो दिएको थियो। क्षेत्रीले यसलाई सहजले स्वीकारेका हुन्। क्षेत्रीले सामाजिक सञ्जालमा लेखेका छन्। उनले लेखेका छन्, 'हामी सबै गा्रमी हेरेर हुर्किएका छौं। यस रेकर्डिङ एकेडेमी ग्रामीको एक मतदान सदस्यको रूपमा जोडिन पाउँदा साह्रै रोमाञ्चक महसुस गरेको छु। २०२२ को नयाँ ग्रामी सदस्य बन्न पाउँदा हाम्रो संगीत लिएर अनगिन्ती सिर्जनात्मक क्षमता भएकासँग सहभागी हुने मौका पाएको छु। धन्यवाद।'

विश्व संगीतको ओस्कार अवार्ड मानिने ग्रामीको सदस्यमा मनोनीत हुने क्षेत्री पहिलो नेपालीभाषी गायक हुन्। 'यो नियुक्तिले तपाईंको सिर्जना, नेतृत्व र रेकर्डिङ कलाको क्षेत्रमा योगदान पुर्‍याउँछ,' ग्रामीले क्षेत्रीलाई पठाएको बधाई सन्देशमा उल्लेख गरेको छ।

ग्रामीले यस वर्ष सन् २००० सदस्य थप्दै संगीतको बोल्ड पुस्ता भनेर व्याख्या गरेको छ। भारतको कालिम्पोङमा जन्मिएका क्षेत्रीले सन् २०१४ मा रिलिज भएको सांगीतिक एल्बम 'स्केच अफ दार्जिलिङ'बाट करिअर थालेका थिए।

प्रकाशित: Jun 30, 2022| 11:41 बिहीबार, असार १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।