मंगलबार, जेठ ५, २०८३

दुर्घटनाबाट बचे कांग्रेस उपसभापति गुरुङ

गुरुङ सवार बा १९ च १८३९ नम्बरको स्कार्पियो गाडी बिहीबार बिहान दुर्घटनाबाट जोगिएको हो।
 |  बिहीबार, असार १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार १६, २०७९

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ चढेको गाडी दुर्घटनाबाट जोगिएको छ। गुरुङ सवार बा १९ च १८३९ नम्बरको स्कार्पियो गाडी बिहीबार बिहान दुर्घटनाबाट जोगिएको हो।

National life

उक्त गाडी रामेछापको गोगनेमा सडकबाट चिप्लिएको थियो।  तर अगाडि ढुंगाको ओट लागेकाले ठूलो दुर्घटनाबाट जोगिएको गुरुङले बताए। 

गुरुङ ओखलढुंगा घर भएका कांग्रेस केन्द्रीय सदस्य प्रदीप सुनुवारकी श्रीमतीको निधन भएकाले परिवारलाई भेटेर फर्किँदै थिए। उनले आफू सकुशल रहेको बताए। 'ठूलो घटना हुनबाट जोगियो! रामेछाप गोगनेमा हामी चढेको गाडी अचानक सडक किनारबाट तल गयो तर अगाडि ढुंगाको ओट लाग्न पुगेकाले ठूलो घटना हुनबाट जोगियो। भगवान्को कृपाले हामी सबै सकुशल छौं,' उनले ट्विटरमा लेखेका छन्। 

गाडीमा उपाध्यक्ष गुरुङसहित रामेछापका महाधिवेशन प्रतिनिधि रत्न कार्की, ललितपुर जिल्ला सदस्य सानुबाबु महर्जन लगायत पाँच जना थिए।

प्रकाशित: Jun 30, 2022| 10:22 बिहीबार, असार १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।