स्याङ्जा- स्याङ्जाको गल्याङ-१० डुबिन्डाँडामा बिहीबार बिहान धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु भएको छ।
अविरल वर्षाका कारण डुबिन्डाँडाका ढाकाराम भट्टराईको घर नजिकै रहेको कच्ची धन्सार भत्किँदा सोही धन्सारमा सुतिरहेकी १२ वर्षीया रेखा भट्टराईको मृत्यु भएको हो।
गम्भीर घाइते उनको गल्याङ नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए।
सोही धन्सारमा सुतेका मृतकका दाजु १६ वर्षीय लक्ष्मणलाई चोट लागेको छ। उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।