मंगलबार, जेठ ५, २०८३

बुटवल-नारायणगढ सडक दुईतर्फी सञ्चालनमा

पूर्वपश्चिम राजमार्गको नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को डाइभर्सन बगाएको स्थानमा नयाँ डाइभर्सन निर्माण गरेपछि उक्त सडकखण्डमा पुनः यातायात सञ्चालनमा आएको हो।
 |  बिहीबार, असार १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार १६, २०७९

नवलपुर- बाढीले सडकको डाइभर्सन बगाउँदा बुधबार बिहानैदेखि अवरुद्ध बुटवल-नारायणगढ सडकखण्ड बिहीबारदेखि दुईतर्फी सञ्चालनमा आएको छ।

National life

पूर्वपश्चिम राजमार्गको नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को डाइभर्सन बगाएको स्थानमा नयाँ डाइभर्सन निर्माण गरेपछि उक्त सडकखण्डमा पुनः यातायात सञ्चालनमा आएको हो। 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनका अनुसार आज बिहान ५ बजेदेखि सडक पूर्णरुपमा सञ्चालनमा आएको छ।

'रातभरि डाइभर्सन निर्माणको काम गर्‍यौँ', उनले भने, 'बिहान ३ बजेदेखि एकतर्फी र अहिले दुईतर्फी नै यातायात सञ्चालनमा आएको छ।' मंगलबार दिउँसोदेखि परेको अविरल वर्षाका कारण नवलपुर खण्डको विनयी त्रिवेणी गाउँपालिका र मध्यबिन्दु नगरपालिकाको विभिन्न स्थानमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाएको थियो। डाइभर्सन निर्माण भएपछि सडकमा रोकिएका सवारी साधन गन्तव्यतर्फ जान सुरु गरेका छन्।

प्रकाशित: Jun 30, 2022| 08:45 बिहीबार, असार १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।