आइतबार, जेठ २१, २०८०
  • गृहपृष्ठ
  • विदेश
  • पुटिन उपस्थित हुँदैमा जी-२० शिखर सम्मेलन बहिष्कार नगर्नुस् : बेलायती प्रधानमन्त्री

पुटिन उपस्थित हुँदैमा जी-२० शिखर सम्मेलन बहिष्कार नगर्नुस् : बेलायती प्रधानमन्त्री

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बुधबार भ्लादिमिर पुटिन उपस्थित भएमा नोभेम्बरमा इन्डोनेसियामा हुने जी–२० शिखर सम्मेलन बहिष्कार नगर्न सदस्य राष्ट्रका नेताहरूलाई आग्रह गरेका छन्।
 |  बिहीबार, असार १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार १६, २०७९

लन्डन- बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बुधबार भ्लादिमिर पुटिन उपस्थित भएमा नोभेम्बरमा इन्डोनेसियामा हुने जी–२० शिखर सम्मेलन बहिष्कार नगर्न सदस्य राष्ट्रका नेताहरूलाई आग्रह गरेका छन्। यसले ‘अरुलाई प्रचारको अवसर’ दिने उनले बताए।

Everest Bank

इण्डोनेशियाले यस वर्ष चक्रीय अध्यक्षात्मक प्रणाली अन्तर्गत जी–२० समूहकोे नेतृत्व गरेको छ। अप्रिलमा रूसका राष्ट्रपति पुटिनलाई आमन्त्रित गरिएको घोषणापछि जी–२० सम्मेलनको आयोजक इन्डोनेसियालाई भेलामा रूसका राष्ट्रपतिलाई समावेश नगर्न अमेरिकालगायत पश्चिमी मुलुकहरूले दबाब दिँदै आएका छन्।  

नाटो शिखर सम्मेलनको अवसरमा जोन्सनले म्याड्रिडमा भनिन्, 'यो अवस्थामा पुटिन जी–२० सम्मेलनमा सहभागी भएमा आश्चर्यको कुरा हुनेछ। उहाँ जानुहुनेछैन। उहाँ एक ‘बहिस्कृत’ व्यक्ति हुनुहुन्छ।' 

'उहाँ जानुहुन्छ जस्तो मलाई लाग्दैन। सवाल के हो भने के हामी पश्चिमी देशहरूले जी–२० मा आफ्नो सिट खाली गरेर मञ्चलाई पूरै तर्क गर्न चीन र रूसलाई छोड्छौं?' 

'मेरो विचारमा यदि तपाईंले जी–२० जस्तो गरिमामय मञ्च खाली गर्नुभयो भने, तपाईँले अरूलाई अफवाह फैलाउने अवसर दिने खतरा बढ्न सक्छ।'

Metro Mart
worldlink

क्रेमलिनले पुटिन नोभेम्बर १५–१६ को शिखर सम्मेलनमा सहभागी हुने जनाएको छ। सम्मेलनमा अधिकांश प्रमुख उदीयमान अर्थव्यवस्थाहरूजस्तै इन्डोनेसियाले पनि तटस्थ स्थिति कायम राख्ने प्रयास गरेको छ र यूक्रेनमा रूसको महिनौं लामो आक्रमणको शान्तिपूर्ण समाधानको लागि आह्वान गरेको छ।

इन्डोनेसियाका राष्ट्रपति जोको विडोडो यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग वार्ताका लागि बुधबार कीभमा जानुभएको छ भने उहाँ बिहीबार मस्को जानेछन्। उनले यस हप्ताको सुरूमा जर्मनीमा भएको जी–७ शिखर सम्मेलनमा पनि भाग लिएका थिए।

जर्मन चान्सलर ओलाफ सोल्जले मंगलबार इन्डोनेशिया शिखर सम्मेलनलाई सङ्केत गर्दै जी–७ का नेताहरू ‘जी–२० सम्मेलनबाट अलग हुन नचाहेको’ उनीहरूले ‘त्यहाँ जाने’ योजना अझै बनाइरहेको बताएका थिए। गत अक्टोबरमा रोममा भएको जी–२० शिखर सम्मेलनमा पुटिनले भाग लिनुभएको थियो। तर, कोरोनाभाइरस सङ्कटका कारण उक्त सम्मेलनमा उहाँले भिडियो कन्फरेन्समार्फत् सहभागिता जनाएका थिए। 

प्रकाशित: Jun 30, 2022| 04:30. 00 बिहीबार, असार १६, २०७९
प्रतिक्रिया दिनुहोस्