शुक्रबार, साउन १, २०८३

निकुञ्ज भित्रै मृत अवस्थामा भेटियो गैँडा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
रत्ननगर- चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रस्थित लामो ताल नजिकैको घोलमा दुर्लभ एकसिङ्गे गैंडा मरेको अवस्थामा फेला परेको छ । 

बिहीबार निकुञ्जको गस्ती टोलीले घोलमा अन्दाजी ३०/३५ वर्षको गैंडा मरेको अवस्थामा भेटिएको र त्यसको दाह्रासमेत खिइएकाले बुढो भएर मरेको अनुमान पोष्टमार्टममा सहभागी पशु चिकित्सकले गरेका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए । 

यो आर्थिक वर्षमा प्राकृतिक रूपमा गैंडा मरेको यो पहिलो हो । अघिल्लो वर्ष विभिन्न कारणले २६ गैंडा मरेको तथ्याङ्क निकुञ्जसँग छ । जसमा बाढीले बगाएर ४ गैंडा मरेका थिए । 

पछिल्लो समयमा जुधेर र अन्य कारणले गैंडाको मृत्यु बढेको भन्दै यहाँका संरक्षणकर्मीले चिन्ता प्रकट गरेका थिए । बाघ, गैंडालगायत वन्यजन्तुको प्राकृतिक मृत्युदर बढ्न थालेपछि उनीहरूले यसबारे अनुसन्धान गरिनुपर्नेमा जोड दिँदै आएका थिए । रासस 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।