बिहीबार, फागुन २१, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • श्रीलंकाको सुधार गृहमा भएको झडपपछि ६०० भन्दा बढी कैदी फरार

श्रीलंकाको सुधार गृहमा भएको झडपपछि ६०० भन्दा बढी कैदी फरार

दुई कैदी समूहहरूबीच झगडा भएपछि बुधबार मध्य श्रीलङ्काको पोलोनारुवास्थित सुधार गृह ९पुनर्वास केन्द्र० बाट ६०० भन्दा बढी कैदीहरू फरार भएका छन्।
 |  बिहीबार, असार १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार १६, २०७९

कोलम्बो- दुई कैदी समूहहरूबीच झगडा भएपछि बुधबार मध्य श्रीलङ्काको पोलोनारुवास्थित सुधार गृह ९पुनर्वास केन्द्र० बाट ६०० भन्दा बढी कैदीहरू फरार भएका छन्।

श्रीलंकाको प्रहरीले घटनाको पुष्टि गरेको छ।

प्रहरी प्रवक्ता निहान थल्दुवाले भने, 'सैनिक र थप प्रहरी बललाई कान्दाकादु पुनर्वास केन्द्रमा खटाएर सुधार गृह क्षेत्रलाई घेरा हाली भागेका कैदीहरूको खोजी सुरु गरिएको छ।' उक्त सुधार गृहमा करिब एक हजार कैदीहरूलाई राखिएको थियो।

सन् १९४८ मा स्वतन्त्र भएदेखि देशले सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको बेला इन्धनको अभावले श्रीलङ्कालाई अझै पनि पिरोलेको छ। यसले गर्दा देशभरि खाद्यान्न, औषधी, खाना पकाउने ग्याँस र इन्धनजस्ता अत्यावश्यक वस्तुहरूको तीव्र अभाव भएको छ। 

प्रकाशित: Jun 30, 2022| 00:20 बिहीबार, असार १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।