शनिबार, कात्तिक ८, २०८२

चितवनमा मेसिनबाट धान रोपाइँ (फोटोफिचर)

मेसिनबाट रोपेको धान लाइनमा हुने भएकाले मल हाल्न, गोड्न सजिलो हुने प्रकाश छिर्ने भएकाले उत्पादनमा बढ्ने उनले बताइन्। धान रोप्‍नेदेखि काट्ने थन्काउनेसम्म मेसिनको प्रयोग गर्ने गरेको उनले सुनाइन्।
 |  बुधबार, असार १५, २०७९

निशा श्रेष्ठ

निशा श्रेष्ठ

बुधबार, असार १५, २०७९

भरतपुर- खैरहनी नगरपालिका १३ की बैरियाकी लक्ष्मी गुरुङ्लाई बर्खा लागेपछि खेताला खोज्‍ने चटारो हुन्थ्यो। वर्षौदेखि खेताला लगाएर धान रोप्दै आएकी उनले अघिल्लो सालदेखि मेसिनको प्रयोग गरेर धान रोप्‍न थालेपछि अहिले उनी ढुक्क छन्। धान रोप्‍ने मेसिनबाट रोपाइँ गर्न थालेपछि लागत कम र उत्पादन बढ्ने गरेको उनले अनुभव सुनाइन्। धान खेती गर्ने  १ बिघामध्ये १० कठ्ठा मेसिनबाट रोपिसकेकी उनले बताइन्। 

Kumaribank

‘मेसिनबाट रोपाइँ गर्दा खेताला खोज्‍ने झन्झट नि भएन खर्च नि कम लाग्‍ने रहेछ। १० कठ्ठा रोप्दा १० जना रोपार, बीउ उखेल्ने सहित गर्दा १० हजार जति खर्च लाग्थ्यो, अब अहिले यसरी रोप्दा २५ सयमा उम्किने भइयो,’ उनले भनिन्। 

मेसिनबाट रोपेको धान लाइनमा हुने भएकाले मल हाल्न, गोड्न सजिलो हुने प्रकाश छिर्ने भएकाले उत्पादनमा बढ्ने उनले बताइन्। धान रोप्‍नेदेखि काट्ने थन्काउनेसम्म मेसिनको प्रयोग गर्ने गरेको उनले सुनाइन्। खैरहनी नगरपालिकाका अर्का किसान मैति तामाङले पनि मेसिनबाट धान रोप्दा पहिलेभन्दा धेरै सहज भएको बताउँछन्। १५ कठ्ठा जग्गामा खेती गर्दै आएका उनले मेसिनबाट धान रोप्दा उत्पादन बढेको बताए। 


 ‘मल बिउ मिलाएर पनि होला पहिलेभन्दा अहिले मेसिनबाट रोप्दा चैते धान १८ बोरा बढी फल्यो,’ उनले भने। खैरहनी १३ कै किसान हिम गुरुङले पनि दुई बाली मेसिनबाट धान रोपिसके। उनको अनुभव पनि सुखद नै छ। ‘मेसिनबाट रोप्दा धानको बिउ पनि एकचौथाइ मात्रै लाग्छ। एक बिघा धान रोप्दा १८-१९ जना खेताला लाग्नेमा त्यसको आधा पनि खर्च हुँदैन। मल बीउ पुर्‍याउन सके मेसिनबाट रोपेको धान धेरै फलेको पनि देखियो,’ उनले भने। 

Metro Mart

चितवनमा हाल ९ वर्षअघि मेसिनबाट रोपाइँ सुरु भएकोमा अहिले साना ठुला गरेर ९ वटा मेसिन पुगेको छन्।  चितवनमा ३० हजार ५ सय हेक्टर खेती योग्य जमिनमा वर्षे धान खेती हुने गरेको छ। बर्खे धानमा सूचित गरिएका १३० धानका जातहरुमध्ये 'साबित्री' चितवनको सबैभन्दा धेरै क्षेत्रफल ओगट्ने प्रधानमन्त्री कृषि आधुनिकीरकण परियोजना कार्यान्वयन एकाइका प्रमुख माधव पौडेल बताउँछन्। चितवनमा २५ प्रतिशत रोपाइँ सम्पन्‍न भइसकेको कृषि ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डेले बताए।


प्रकाशित: Jun 29, 2022| 18:18 बुधबार, असार १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।