बिहीबार, असार ३२, २०८३

भौतिक मन्त्रालयमा २० अर्ब रकमान्तरण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा २० अर्ब रुपैयाँ रकमान्तरण गरिएको छ। बिहीबार संघीय संसद प्रतिनिधि सभा, विकास तथा प्रविधि समितिको वैठकमा मन्त्री रघुविर महासेठले मन्त्रलयले २० अर्ब रुपैयाँ रकमान्तरण गरेको बताए। 

उनले विकास निर्माणको कार्यलाई गति दिन आवश्यकताअनुसार विभिन्न शिर्षकको बजेटलाई विभिन्न काममा लगाउन बजेट रकमान्तर गर्न परेको जानकारी दिए।
 
त्यसलाई मध्यनजर गर्दै समितिले रकमान्तरण र गैरबजेटरी खर्च विवरण अविलम्ब समितिमा पेश गर्न निर्देशन दिएका छन्।
 
वैठकले देशको विकास पूर्वाधारको विद्यमान अवस्था चालु कार्यक्रमहरु एवम् उक्त कार्यक्रमहरुको प्रगति विवरण पेश गर्न समेत निर्देशन दिएको छ।
 
त्यस्तै आगामी पाँच वर्षमा भौतिक पूर्वाधार विकासको अपेक्षित लक्ष्य सहितको विस्तृत विवरण र गत आर्थिक वर्षमा यस मन्त्रालयअन्तर्गत भएका विकास निर्माण कार्यमा भएको खर्च एवं प्रगति समेत पेश गर्न निर्देशन गरेको छ।
        
समितिले मन्त्रालयअर्न्तगतका राष्ट्रिय प्राथमिकताका आयोजनाहरुको निर्माण कार्यलाई तीव्रता दिन, यस्ता आयोजनाहरुमा देखिएका समस्या तथा चुनौतीहरुलाई स्थायी तवरले शिघ्रातिशीघ्र समाधान गर्न निर्देशन दिएको छ।
 
आयोजनाहरुको कार्यान्वयनमा ढिलासुस्ती हुन नदिने व्यवस्था मिलाउन, कार्यक्रमहरुको रणनैतिक स्पष्टता कायम गर्दै परिणाममुखी र गुणस्तरीय कार्य सम्पादन गर्न गराउन पनि समितिले  निर्देशन दिएको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।