मंगलबार, जेठ ५, २०८३

अलकत्रा बोकेको ट्यांकर पड्किँदा सात घाइते

सर्लाहीको गोडैता नगरपालिका–४ रोहुवास्थित तातो अलकत्रा बोकेको ट्याङ्कर पड्किँदा जलेर सात जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको सर्लाही प्रहरीले जनाएको छ।
 |  मंगलबार, असार १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार १४, २०७९

सर्लाही- सर्लाहीको गोडैता नगरपालिका–४ रोहुवास्थित तातो अलकत्रा बोकेको ट्याङ्कर पड्किँदा जलेर सात जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको सर्लाही प्रहरीले जनाएको छ। 

National life

हुलाकी सडक निर्माणका क्रममा गोडैता–४ रोहुवास्थित आज साँझ ६ बजेको समयमा तातो अलकत्रा बोकेको ट्याङ्करमा वेल्डिङ्ग गर्ने क्रममा पड्किँदा कामदारसहित सात जना जलेर घाइते भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक विजय यादवले जानकारी दिए। गम्भीर घाइते चारलाई काठमाडौँस्थित कीर्तिपुर अस्पतालमा रेफर गरिएको उनले जानकारी दिए।

घाइते हुनेमा गोडैता–४ रोहुवाका वेल्डिङ्ग गर्ने मिस्त्री २० वर्षीय शिवु चौधरी, उनका भाई १९ वर्षीय अनुराग चौधरी, स्थानीय ३५ वर्षीय बिजुली राउत, १९ वर्षीय अभिषेक पटेल, हुलाकी सडक निर्माणमा काम गर्ने कामदार रौतहट माधवनारायण नगरपालिका–४ का ३० वर्षीय सुरेन्द्र हजारी, रौतहट चन्द्रनिगाहपुर नगरपालिका–४ बस्ने ३२ वर्षीय राजीव साह र पर्सा जिल्ला बहुदरामाई नगरपालिका–६ बस्ने ३८ वर्षीय गोपाल यादव रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

जलेर घाइते भएका तीनको प्रादेशिक अस्पताल मलङ्गवामा उपचार भइरहेको छ। ईन्दु एण्ड ठोकर एण्ड साह निर्माण कम्पनीले हुलाकी सडकअन्तर्गत सर्लाहीको गोडैतामा कालोपत्र गर्ने काम सुरु गरेको छ। अलकत्रा बोक्ने ना १ क ६०३९ नम्बरको ट्याङ्करलाई मर्मत गर्ने क्रममा उक्त घटना हुन पुगेको साह निर्माण सेवाका सञ्चालक नागेन्द्र साहले जानकारी दिए। 

प्रकाशित: Jun 28, 2022| 22:23 मंगलबार, असार १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।